रास्वपालाई शक्ति राष्ट्रहरूले उपयोग गरिरहेका छन् : पूर्वसञ्चारमन्त्री गुरुङ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रास्वपालाई शक्ति राष्ट्रहरूले उपयोग गरिरहेका छन् : पूर्वसञ्चारमन्त्री गुरुङ नेकपा (एमाले) नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्ति राष्ट्रहरूको इसारामा चलिरहेको आरोप लगाएका छन् । नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका उनले सो टिप्पणी गरेका हुन् ।

सोमबार काठमाडौँमा आयोजित सञ्चारकर्मीबिचको अन्तरक्रियामा नेता गुरुङले सो पार्टीको समाउने र टेक्ने कुनै पनि धरातल नभएको जिकिर पनि गरे । देश र जनताको पक्षमा रास्वपाको केही पनि गर्न सक्ने हैसियत नभएको र शक्ति राष्ट्रहरूले उपयोग गरिरहेको उनको भनाइ थियो ।

नेता गुरुङले सरकार आफू अनुकूल परिणाम आउने भए मात्रै निर्वाचन गराउने षडयन्त्रमा लागि परेको समेत बताए । उनले भने, ‘सरकार आफू अनुकूल परिणाम आउने भए मात्रै निर्वाचन गराउने गलत मनसायका साथ प्रस्तुत भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन हुन्छ भन्ने अझै आशङ्का गर्ने ठाउँ छ ।’ नेता गुरुङले एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकाले निर्वाचनमा विजयी हुने दाबी समेत गरे । नेता गुरुङले एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएकाले निर्वाचनमा विजयी हुने दाबी समेत गरे ।