भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द
लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ः०० देखि भोलि बिहान ६ः०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक […]
बाढीपहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, दर्जनौँ सडकमा रात्रिकालीन यात्रामा रोक
नेपाल प्रहरीले जारी गरेको शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौँ सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। उपत्यकाअन्तर्गत ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र गोदावरी […]
काठमाडौँ उपत्यकाबाट १४ थान हाते ट्याक्टर चोरीमा संलग्न पाँच जना पक्राउ
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हाते ट्याक्टर (पावर टिलर) चोरी तथा खरिद-बिक्रीमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरबाट चोरी भएका १४ थान हाते ट्याक्टर र बा ३१ प २१५९ नम्बरको मोटरसाइकलसहित उनीहरू पक्राउ परेका हुन्। स्वयम्भू क्षेत्रबाट ट्याक्टर चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने […]
भोटेकोशीको विनाशकारी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
रसुवाको भोटेकोशी नदीमा अकस्मात गएको विनाशकारी बाढीको एक महिना भएको छ। गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङसहित जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको अकालमा मृत्यु भएको छ […]
नारायणी र दरमखोलामा सतर्कता तह पार, गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा
बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र दरमखोलामा पानीको सतह सतर्कता तह पार गरेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरेको छ। बिहान ६ः५० बजे जारी गरेको सूचनाअनुसार चितवनको देवघाट र बागलुङको वामीटक्सारस्थित जलमापन केन्द्रमा नदीको जलसतह सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास […]