रुकुमपूर्वमा प्रचण्डको सुरुवाती अग्रता

नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी रहेको रुकुमपूर्वको मतगणना सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार बिहान ६ बजेबाट मतगणना सुरु भएको हो। धेरै टाढा रहेका ३ स्थानबाट हिजै हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको थियो। मतगणना स्थलमा तारजाली लगाएर सुरक्षा अपनाइएको प्रमुख जिल्ला अधिकारीले बताइन्। प्रारम्भिक मतगणनामा प्रचण्डको अग्रता देखिएको छ। […]

चितवन–१ मा मतगणना सुरु

 प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ को मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न मतदान पछि भवानी शंकर क्याम्पस खैरहनीमा मतगण स्थल कायम गरिएको थियो । बिहीबार राति अबेरसम्म मतपेटीका सङ्कलन गरे पश्चात बिहानका लागि सर्वदलीय बैठक आह्वान गरिएको थियो । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।

उदयपुर-१ मा मतगणना जारी

  । उदयपुर-१ को त्रियुगा मावि गाईघाटमा मतगणना जारी रहेकाे छ। मुख्य निर्वाचन अधिकृत मुकेस उपाध्ययले मतपेटिका ढुवानी लगायतका काम बिहीबार राति १२ बजेसम्म सकिएको बताउनुभएकाे हाे । सर्वदलीय बैठक बसेर ३ बजेबाट मत गणना शुरू गरिएको बताउनुभयाे। उदयपुर-१ मा एकलाख ४२ हजार ८ सय ४ कुल मतदाता मध्ये ८० हजार ५९ मत खसेको छ […]

चितवन-२ मा रवि लामिछानेको अग्रता कायमै, एमाले पछिपछि

भरतपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता लिनुभएकाे छ। हालसम्मको मतपरिणाम अनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्नुभएकाे हाे । उहाँलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइरहनुभएकाे छ। घिमिरेले १ हजार ६९ मत प्राप्त गर्नुभएकाे हाे । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का […]