यसअघिका चुनावमा ‘सोमालियाको बाघ’ बनिरहेका थिए ओली

सन्निकट छ प्रतिनिधि सभाको निर्वाचन। फागुन २१ का निम्ति अब ८ वटा दिन आउन बाँकी छन्। घन्टा र मिनेटमा पनि कुर्न सक्ने अवस्थामा छ, समय। अनि चर्चामा छ निर्वाचन क्षेत्र झापा–५। वरिपरि, छिमेकी जिल्ला मात्र होइन निर्वाचन क्षेत्रमा पनि गुञ्जिरहेको छ, घन्टी। झापा–५ मा पनि भनिरहेका छन् जनता– घन्टी टिनिनिनि..। यहि क्षेत्रमा जेनजी विद्रोहले अपदस्त […]
७५ जिल्लामा पुर्याइयो निर्वाचन सामग्री र मतपत्र

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा […]
हेटौँडामा दुर्घटना गराएर भागेको ट्रक पर्सामा फेला

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा दुर्घटना गराएर भागेको ट्रक पर्साको वीरगन्जमा भेटिएको छ । बुधवार बिहान अज्ञात सवारीले ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ छन् । हेटौँडामा मोटरसाइकललाई ठक्कर दिएर […]
चिनियाँ नृत्य समूहको यात्राले अस्ट्रेलियाका प्रधानमन्त्रीमाथि आयो बमको धम्की

अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेसेको आधिकारिक निवासमा मंगलबार बम धम्की पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । धम्की चिनियाँ नृत्य र सङ्गीत समूह शेन युनसँग सम्बन्धित थिए । यो समूहलाई चीनले प्रतिबन्ध लगाएको थियो । स्थानीय मिडियामा देखिएका इमेल अनुसार, प्रदर्शनकारीहरूलाई अस्ट्रेलियामा हुने आगामी शो रद्द गर्न अटेर गरे प्रधानमन्त्रीको निवासमा विस्फोटक पदार्थ विस्फोट गराइने चेतावनी […]
रोल्पाको घोराही–होलेरी सडकखण्डमा ओभरलोडले क्षति पुर्याएको भन्दै सवारी साधनको भारवहन नियमन गर्न आग्रह

सडक विभाग अन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको शहिदमार्ग सडक योजना, रोल्पाले घोराही–होलेरी सडकखण्डमा मालवाहक ट्रक तथा टिपरहरुले क्षमताभन्दा बढी भारवहन गर्दा सडक जीर्ण बन्दै गएको भन्दै सार्वजनिक सूचना जारी गरेको छ । विशेषगरी चुनढुङ्गा खानीहरूबाट आउने सवारी साधनमा ओभरलोडको समस्या देखिएको सूचनामा उल्लेख छ । सडक विभागले मालवाहक सवारी साधनको भारवहन नियमनका […]
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८८ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी […]
८ वर्षपछि बल्ल अघि बढ्यो ‘कर्णाली हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया

विगत ८ वर्षअघिदेखि बनाउने भनिएको ‘कर्णाली हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया बल्ल अघि बढेको छ । युवा तथा खेलकुद मन्त्रालयले निर्माणका लागि आवश्यक जग्गा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नाममा प्राप्त गर्न सिफारिस गरेको हो । फागुन ११ गते मन्त्रालयले राखेपलाई जग्गा प्राप्त गर्न सिफारिस गरेको हो । ‘कर्णाली हाई अल्टिच्युट […]