नेपाली राजनीतिमा वैकल्पिक शक्तिको उदय, एकता र फुटको कथा

विगत तीन दशकदेखि नेपाली राजनीतिको आकाशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (पूर्व माओवादी केन्द्र) जस्ता पुराना दलहरूको अविच्छिन्न वर्चस्व रहँदै आएको छ । ०४७ को जनआन्दोलन, ०५२ को सशस्त्र द्वन्द्व र ०६२/०६३ को जगमा उभिएका यी शक्तिहरूले संरक्षणवादी प्रणाली, सिन्डिकेट राजनीति र पार्टीतन्त्रलाई नै राज्यको अभिन्न अंगका रूपमा संस्थागत गरेका छन् । […]

जेनजी आन्दोलनको निष्पक्ष छानबिनमा दोषी देखिए एमाले कारबाही भोग्न तयार : राजन भट्टराई

नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।  नेता भट्टराईले दुवै दिनको घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताएका हुन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले जेनजी पुस्ताले उठाएका […]

कारबाहीले डामिएका अधिकृतहरू प्रशिक्षार्थीको सामु उभिने हैसियत राख्दैनन् : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवाप्रति विश्वास बढाउन गुणस्तरीय तालिम अपरिहार्य भएको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै आईजीपी कार्कीले गुणस्तरीय तालिम प्रदान गर्न तालिम लिने र दिनेको छनोट पनि गुणस्तरीय हुनुपर्ने उनले बताए । कार्कीले भने– ‘कारबाहीले डामिएका प्रहरी कर्मचारीहरू कुनै पनि भूमिकामा प्रशिक्षार्थीको सामु उभिने […]