अमेरिकी बजेटमा सहमति : सरकारी कामकाज ठप्प हुनबाट जोगियो, गृह मन्त्रालयको कोष भने अन्योलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा रिपब्लिकन र डेमोक्र्याटहरूबीच सरकारी खर्च प्याकेजका मुख्य हिस्साहरू अघि बढाउने विषयमा ऐतिहासिक सहमति भएको घोषणा गरेका छन्। बिहीबार सिनेटमा भएको यस सम्झौताले रक्षा, स्वास्थ्य, कोष र संघीय अदालतसहितका प्रमुख निकायहरूको बजेट सन् २०२६ को सेप्टेम्बर अन्त्यसम्मका लागि सुनिश्चित गरेको छ। यद्यपि, आन्तरिक सुरक्षा विभाग (डीएचएस) सँग सम्बन्धित छैटौँ विधेयकलाई भने […]

शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा

शहीद दिवसको दिन आज बिहान प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गरेकी छिन् । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरिएको […]

आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका शहीदहरुले रोपेको बताएका छन् ।  शहीद दिवशका अवशरमा शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने गर्ने आन्दोलनको बीउ शहीदहरुले रोपेको उल्लेख गरे । अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा […]

जसपा नेपालले उत्तरदायी नेतृत्व र विकासमुखी सोचको महत्त्व स्थापित गरेको छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं ३ का उम्मेदवार उपेन्द्र यादवले नेपाली राजनीतिमा जसपा नेपालले आफ्नो अग्रणी भूमिका निर्वाह गर्दै उत्तरदायी र विकासमुखी सोचको महत्त्व स्थापित गरेको बताएका छन् । पार्टीले २७ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको भन्दै यादवले यसलाई पार्टीको स्पष्ट उद्देश्य र योजनाहरू जनतासँग सिधा प्रस्तुत गर्ने अवसरको रूपमा […]

चीनमा ५१ करोड वर्ष पुरानो दुर्लभ जीवाश्म क्षेत्र फेला, पृथ्वीको इतिहास बुझ्न मद्दत पुग्ने

 चीनको दक्षिणी पहाडी क्षेत्र हुनान प्रान्तमा ५१ करोड २० लाख वर्ष पुरानो एक असाधारण जीवाश्म क्षेत्र फेला परेको छ। सन् २०२१ देखि ह्वायाउन काउन्टीमा गरिएको उत्खननका क्रममा वैज्ञानिकहरूले एउटा सिङ्गो प्राचीन पारिस्थितिकी प्रणाली (इकोसिस्टम) को भग्नावशेष फेला पारेका हुन्। यो खोज पृथ्वीको पहिलो सामूहिक विनाश (मास एक्स्टिङ्सन) मानिने ‘सिन्स्क इभेन्ट’ लगत्तैको समयको भएकाले निकै महत्त्वपूर्ण […]

पाकिस्तानका रङहरू’‘नेपाली कलाकारको चित्रकलामा झल्किए

 काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गर्यो । वरिष्ठ नेपाली कलाकार विधाता केसीका सिर्जनाहरुको उक्त प्रदर्शनीमा पाकिस्तान भ्रमणका उनका अनुभव तथा सांस्कृतिक, सामाजिक र प्राकृतिक विविधताबाट प्रेरित चित्र समावेश गरिएको थियो । चित्रका माध्यमबाट पाकिस्तानका रङ्गीन परिदृश्य, सांस्कृतिक धरोहर तथा […]