रवि र बालेनबीचको सहमतिलाई अनौठो मान्नु पर्दैनः उपसभापति गुरूङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताउनुभयो । […]
रास्वपा सभापति रवि र बालेनबीचको एकताले खासै अर्थ राख्दैन: नेकपा एमाले

नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को एकताले खासै अर्थ नराख्ने बताएका छन् । एमालेका नेताहरुले संचारकर्मीसँग कुरा गर्दै उनीहरुको एकताको ठूलो असर नदेखिने दावी गरेका हुन् । एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेनको राजनीतिक मिलन वा विमिलनको कुनै […]
दलहरूबिच निर्वाचनमा जाने उच्चस्तरीय सहमति भैसकेको छ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक पूर्ण रूपमा निर्वाचनको दिशामा अघि बढिसकेको बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा बोल्दै उनले प्रमुख राजनीतिक दलहरूबिच निर्वाचनमा जाने विषयमा उच्चस्तरीय सहमति भइसकेको दाबी गरेका हुन् । ‘हामी सबै दलका निवासमा पुग्यौं । हिजो मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्य दलका शीर्ष नेताहरूबिच भएको सघन वार्ताले […]
युक्रेन सङ्कट अन्त्यका लागि शान्ति योजनालाई जनमतसंग्रहमा लैजान तयार : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जेलेन्स्कीले दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अझ राम्रो सहमति हासिल गर्ने प्रयास जारी […]