एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ। भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्य पदका लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गरिएको हो। सूची
नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो

पुरातत्व विभागले हालसम्म नेपालबाट चोरिएका १९८ पुरातात्विक वस्तु विदेशबाट फिर्ता ल्याइएको जनाएको छ । विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो । युरोप, संयुक्त राज्य अमेरिकालगायतका मुलुकबाट विभिन्न संस्थाबीचको सहकार्यबाट फिर्ता ल्याइएको पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन् । अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा […]
एसिसी यू–१९ एसिया कप : लगातार दोस्रो हारपछि बाहिरियो नेपाल

लगातार दोस्रो हारसँगै नेपाल एसिसी यू–१९ एसिया कपबाट बाहिरिएको छ । सोमबार युएईमा भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल अर्काे टेस्ट राष्ट्र बंगलादेशसँग ७ विकेटले पराजित भयो । बंगलादेशविरुद्ध नेपाली खेलाडीले बलिङ, ब्याटिङ र फिल्डिङतर्फ नै कमजोर देखिए । बंगलादेशका खेलाडी नेपालविरुद्ध पूर्ण रूपमा हाबी भए । टस हारेर ब्याटिङ गरेको नेपाल ३१.१ ओभरै अलआउट भयो । नेपालले बंगलादेशलाई १ […]
निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ यी १४ दल सहभागी नहुने

नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अंगीकार गरेको छ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन्। सामान्यता निर्वाचनमा […]
एमाले महाधिवेशन : १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार महाधिवेशनस्थल भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा १९ पदाधिकारीका लागि ४२ जनाले उमेदवारी दिएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उमेदवारी परेको […]