जेनजी प्रदर्शन हुँदा प्रहरी वृत्त बानेश्वरमा तोडफोड गर्ने पक्राउ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त नयाँबानेश्वरको भवन तोडफोड तथा आगजनी गर्ने एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले भदौ २४ गते प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड आगजनी गर्ने, प्रहरी युनिफर्मलगायत सामग्री लुटी दुरुपयोग गर्ने धनुषा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने १८ वर्षीय शिवम […]

पुम्दीभुम्दीमा टोल विकास समितिद्वारा नियमित नि:शुल्क योग केन्द्र सञ्चालन

पोखरा, कार्तिक १९ — पोखरा महानगरपालिका–२२ अन्तर्गत कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाले स्थानीय बासिन्दाको स्वास्थ्य सुदृढीकरण र मानसिक सन्तुलनका लागि करिब दुई महिनादेखि नियमित नि:शुल्क योग केन्द्र सञ्चालन गर्दै आएको छ। हरेक बिहान ५:३० बजे दहरा सृजनशील क्लब भवनमा सञ्चालन हुने योग कक्षामा टोलबासीहरू उत्साहपूर्वक सहभागी हुने गरेका छन्। प्रशिक्षकका रूपमा स्थानीय तालिमप्राप्त मिना […]

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो । कार्यसमितिको बैठक बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा आफ्नो धारणा राख्नेक्रम जारी […]

९ राजनीतिक दलबीच आज एकता घोषणा हुँदै

नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज बृहत एकता घोषणा हुने भएको छ । बृहत एकता घोषणा कार्यक्रम बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, […]

टी–१० मा १२ टोली सहभागी

तेस्रो कर्पोरेट टी–१० क्रिकेट प्रतियोगिता २१ र २२ कात्तिकमा काठमाडौंको चुनीखेलमा हुने भएको छ । सिई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्टस्को सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहनेछ । आयोजकले मंगलबार समूह घोषणा, ट्रफी तथा जर्सी अनावरण गरेको छ । प्रतियोगिता निर्देशक अमित पौडेलले नेपालमा क्रिकेट संस्कृति विकास गर्न कर्पोरेट क्षेत्र क्रिकेटसँग जोडिनु महत्वपूर्ण रहेको बताए । […]

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिटमा संलग्न […]