पाकिस्तान र अफगान तालिबानबीच ४८ घण्टाको युद्धविराममा सहमति

पाकिस्तानका विदेश मन्त्रालयका अनुसार, तालिबानको अन्तरिम सरकारले गरेको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा गरिएको छ। बीबीसी उर्दूका अनुसार, तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पनि युद्धविरामको पुष्टि गरेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ कि युद्धविराम आज साँझ ६ बजेबाट लागू भएको छ। यस अवधिमा तालिबानको अन्तरिम सरकारले वार्ताको अनुरोध पनि गरेको छ। पाकिस्तानको भनाइ अनुसार युद्धविराम […]
आज यी स्थानामा हल्का वर्षाको छ सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने। बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको […]
गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण, फरार कैदी बन्दीलाई छिटो पक्राउ गर्न निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदी बन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिएका छन । निरीक्षणपछि मन्त्री आर्यलाले कारागारलाई साधन/स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढंगबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । सोही अवसरमा मन्त्री अर्यालले ७७ […]