न्यूनतम तलब नपाएपछि मणिपालका नर्सहरू आन्दोलनमा

पोखरा महानगरपालिका–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरू अस्पतालले सहमति पालना नगरेपछि पुनः आन्दोलित भएका छन्। श्रम शोषण भएको भन्दै एक साताअघि नर्सहरूले आन्दोलन गरेकापछि अस्पताल प्रशासनले तलब वृद्धिलगायत विषयमा सहमति गरेको थियो। १९ असोजबाट आन्दोलित नर्सहरूलाई अस्पताल प्रशासनले एक साताभित्र माग पूरा गरिदिने भन्दै सहमति गरेको थियो। तर, निर्धारित समय शुक्रबार सकिएको र मागका […]