इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी

हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिएको दाबी गरेका छन्। इसराइलले यमनको राजधानी सनामा बिहीबार गरेको भीषण हवाई आक्रमणमा यमनी प्रधानमन्त्री गालिब र अन्य थुप्रै उच्च अधिकारी मारिएको हुथी विद्रोहीले दाबी गरेका छन्। प्रधानमन्त्री गालिब मारिएको दाबीसहित हुथीले इसराइलले यसको नराम्रो परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। […]
बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्तामा दुवै नेताहरूले आगामी दिनहरूमा परस्पर लाभदायक सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ । नेपाललाई निरन्तर सहयोग गर्न चिनियाँ राष्ट्रपति सीले वचनबद्धता जनाएका छन् । राष्ट्रपति सीले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघ तथा एससिओजस्ता बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । ‘राष्ट्रपति सीले नेपालका लागि चीनको […]
राजनीतिक प्रतिशोधमा मुद्दा चलाइयो : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । पतञ्जली प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको सन्दर्भ जोड्दै उनले राजनीतिक प्रतिशोधकै कारण आफूमाथि मुद्दा लगाइएको बताए । समाजवादी प्रेस संगठन, नेपालको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेपालले कानुनअनुसार नै तत्कालीन मन्त्रिपरिषद्ले पतञ्जलीलाई जग्गा दिने निर्णय गरेको स्पष्ट पारे । […]
एमबिबिएस पढ्न चीन गएका सुनिल मल व्यवसायमा जम्दै

हेल्थ असिस्टेन्ट (एचए) पास गरेर केही समय काम गरेपछि सुनिल कुमार साह एमबिबिएस पढ्न सन् २०१३ मा चीन गए। चीनमा नेपाली रूद्राक्ष बिक्री हुन्छ भन्ने थाहा पाएपछि सन् २०१४ मा पहिलो पटक २०/२५ किलो रूद्राक्ष मगाए अनि सडकमै राखेर बेचे पनि। एक पटक, दुई पटक गर्दै धेरै पटक रूद्राक्ष लगेर बेचेपछि उनलाई अरू काम गर्न हिम्मत आयो। ‘चीनमा विदेशीलाई […]
अरब सागरबाट बढ्यो जलवाष्पयुक्त हावाको प्रवाह, यी स्थानमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको बताएको छ। जसका प्रभावले आज देशको विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। महाशाखाले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) भने सरदर स्थानको आसपासमा नै बताएको छ। आइतबार देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू […]