फेवातालमा जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता, मेयर आचार्यको नेतृत्वमा स्थानीय सहभागिता

पोखरा, साउन २ — फेवातालको संरक्षणमा निरन्तर अग्रसर पोखरा महानगरपालिकाले जलकुम्भी झार फाल्ने अभियानलाई यस वर्ष पनि सक्रिय रूपमा अगाडि बढाएको छ। मेयर धनराज आचार्यको निर्देशनमा पोखरा महानगरपालिकाको आर्थिक सहयोग, महाअभियान कास्कीको समन्वय तथा स्थानीय जलारी समुदायको सहकार्यमा फेवा फाँट चेक ड्याम, ढल्केबर र खपौँदी आसपासका क्षेत्रहरूमा वृहत् सरसफाइ कार्य भइरहेको छ। स्थलगत निरीक्षणमा पुगेका […]

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि बन्न नपाउने भएकी छन्। बिहीबार बसेको एमालेको सचिवालय बैठकले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेसँगै भण्डारीका लागि बाटो बन्द भएको हो। बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘१० औं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका […]

श्रमिकको न्यूनतम तलब १९,५५०

गत वर्षभन्दा २२ सय ५० रुपैयाँ वृद्धि, आधारभूत तलब १२ हजार एक सय ७० र महँगी भत्ता सात हजार तीन सय ८० पाउने गरी श्रम मन्त्रालयबाट श्रमिकको नयाँ तलबमान स्वीकृत बिहीबारबाटै लागू भएको तलबमान मासिक : १९,५५० दैनिक : ७५४ प्रतिघण्टा : १०१ आंशिक प्रतिघण्टा : १०७ चियाबगानमा काम गर्नेबाहेकका श्रमिकको न्यूनतम तलब दुई हजार […]

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, […]