पूर्खेउली पुन समाजमा सात दिने उदघोषण तालिम

पोखरा असार ३० / पोखरा ६ बैदाममा रहेको पूर्खेउली पुन समाजमा सात दिने उदघोषण तालिम सम्पन्न भएको छ । पूर्खेउली पुन समाजको आयोजनामा यहि असार २३ बाट २९ गते सम्म तालिम समाज हल बैदाममा सञ्चालन भएको हो । समाज भित्र रहेका सदश्यहरुको क्षमता विकास गराउने उदेश्यले तालिम आयोजना गरिएको संस्थाका संस्थापक अध्क्षय दुध बहादुर राम्जालीले […]
पोखरा–२२ मा सरसफाइ र वृक्षरोपण अभियान सम्पन्न, समुदायको उल्लेखनीय सहभागिता

पोखरा, असार ३० — पोखरा महानगरपालिका–२२ अन्तर्गत छोरेपाटनदेखि छापासम्मको सडक खण्डमा आज सोमबार बिहान ७:३० बजे सुरु भएको बृहत सरसफाइ तथा वृक्षरोपण कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। सडक छेउछाउको फोहोर संकलनसँगै कल्कि, मिनि गुलमोहर, परिजात, घुपी लगायतका फूलका बिरुवा रोपिँदै वातावरणीय सौन्दर्य बढाउने कार्यमा सक्रिय सहभागिता देखिएको थियो। वडा सदस्य कृष्णकुमारी देवकोटाले बिरुवा रोपेर […]
आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका […]