यूकेमा रहेका भग्वान गुरुङको समाजविरोधी सन्देश: धम्पुसको जातीय विभाजनको समर्थन

पोखरा, हाल यूकेमा रहेका माछापुच्छ्रे गाउपालिका-६ रतेस्वाराका भग्वान गुरुङले सामाजिक सञ्जालमा एक सार्वजनिक च्याटमार्फत जातीय विभेदको स्पष्ट समर्थन गरेका छन्। उनले कामी, दमाई र गुरुङ जस्ता जातका लागि छुट्टाछुट्टै बसोबास क्षेत्रको परम्परालाई समर्थन गर्दै, सामाजिक एकता विरुद्धको प्रतिक्रिया व्यक्त गरेका हुन्। उनी धम्पुसमा भएको परम्परालाई आधार बनाएर जातीय रूपमा मन्दिर गुम्बा निर्माणमा रोक लगाउने कुरा […]
ट्रम्पको ४८ घण्टे चेतावनीपछि इरानको कडा प्रतिक्रिया– तिम्रा लागि नर्कको ढोका खुल्नेछ
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछि इरानले कडा प्रतिक्रिया जनाएको छ । ट्रम्पले शनिबार इरानलाई सम्झौता गर्न र होर्मुज जलमार्ग खोल्न ४८ घण्टे चेतावनी दिएका थिए । ‘अब ४८ घण्टा मात्र बाँकी छ, नत्र गम्भीर परिणाम भोग्नुपर्नेछ’, ट्रम्पले भनेका थिए । यसको जवाफमा इरानको खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टरले कडा सन्देश दिएको हो । मुख्यालयका कमाण्डर […]
गृहमन्त्री सुदन गुरुङले भने – ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पदभार सम्हालेपछि देशभरि पक्राउको गति तीव्र बनेको छ। शपथ लिएपछि सार्वजनिक रूपमा पहिलो प्रतिक्रिया दिँदै उनले विगतमा कानुन कार्यान्वयनमा अवरोध भएको संकेत गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’ भन्ने टिप्पणी गर्दै प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न नदिइएको अवस्था रहेको उल्लेख गरे। उनको […]
सरकारी खर्च जोगाउन प्रधानमन्त्री सचिवालयको सर्कुलर: कोठा-कोठामा बालेनको तस्बिर नराख्नू
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सचिवालयले सरकारी कार्यालयहरूमा खर्च मितव्ययिता कायम गर्ने उद्देश्यले अनावश्यक खर्च नियन्त्रण गर्न सम्बन्धित निकायहरूलाई सर्कुलर जारी गरेको छ । सचिवालयले मन्त्रालयहरूलाई आन्तरिक सर्कुलरमार्फत कार्यालयका प्रत्येक कोठा-कोठामा प्रधानमन्त्रीको फोटो झुण्ड्याउने प्रचलन रोक्न भनेको हो । आवश्यकता र औचित्यका आधारमा मात्रै फोटो राख्नुपर्ने उल्लेख गर्दै अनावश्यक रूपमा फोटो छपाइ तथा वितरण गर्दा हुने […]
विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने हाते ट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको हो । कक्षा ८, ९ र ११ का २० जना विद्यार्थीहरुका लागि १९ दिने हाते ट्याक्टर […]
तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको हिमाली भू-भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा […]
आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै
काठमाडौँ । नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने कार्य सैनिक कल्याणकारी कोषले गर्दै आइरहेको छ । हरेक प्रधान सेनापतिको कार्यकालमा एक पटक […]
वृद्धभत्ता उमेर बढाउने कुनै निर्णय छैन : अर्थ मन्त्रालय
काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेरबारे फैलिएको चर्चा सत्य नभएको स्पष्ट पारेको छ। यस विषयमा कुनै छलफलसमेत नभएको अर्थ मन्त्रालयले जनाएको हो । केही समयअघि ‘सुशासन मार्गचित्र समिति’ले न्यूनतम उमेर ७५ वर्ष राख्न सिफारिस गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छलफल बढेको थियो। तर मन्त्रालयले सो सिफारिसमाथि कुनै आधिकारिक निर्णय नभएको बताएको छ। हाल एकल महिला र […]
रातभरी प्रहरीले चलायो सर्च अप्रेशन, गुन्डादेखि बिचौलियासम्म १९५ जना समातिए
काठमाडौं– काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले चलाएको सर्च अप्रेशनमा १९५ जनाभन्दा बढी गुन्डा, बिचौलिया र दुख दिने व्यक्तिलाई समातिएका छन्। गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, […]
बिचौलिया दीपक भट्टसित कनेक्सन देखिएपछि समातिएका रहेछन् शंकर समूहका मालिक
काठमाडाैं – शंकर ग्रुपका संस्थापक तथा अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ। बिचौलिया दीपक भट्टसँगको मिलेमतोमा नीतिगत अनियमिततामा संलग्न भएको आशंकामा विभागले छानबिन थालेपछि अग्रवाल पक्राउ परेका हुन्। शुक्रबार विभागले उनलाई कार्यालयमै बोलाएर सोधपुछ गरेको थियो। बयान प्रक्रिया नसकिएकाले उनलाई थप अनुसन्धानका लागि ललितपुर प्रहरी हिरासतमा पठाइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका […]