बुढीगण्डकीमा बाढीको वितण्डा : सल्लेरी बजार बगायो, जगतमा ठूलो क्षति, अवस्था नाजुक
गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीपहिरोले चार–पाँच वटा बस्ती प्रभावित भएका छन्। आज बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित आएको बाढीका कारण यस क्षेत्रमा ठूलो क्षति भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुले जानकारी दिइन्। उनका अनुसार अहिले यस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै खोला वारपार गर्ने पुलहरू बगाएको छ भने नदी किनारका बस्तीमा क्षति पुगेको छ। गुरुङका […]
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै
नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन्। घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री को आह्वान गरी पूजाआराधना गरिन्छ। शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन्। गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ। सत्ययुगमा आदिशक्ति सतीदेवीले पर्वतराज हिमालय (शैल) की […]
दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]
पृथ्वी राजमार्ग भोलि बेलुकादेखि मात्र दुईतर्फी खुल्ने

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सो राजमार्ग अन्तर्गत गजुरी नजिकै काठमाडौँतर्फ पर्ने गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक विभागले शनिबार साँझ जारी गरेको सूचना अनुसार अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग कटान गरी सडक विस्तार गर्ने कार्य तीव्र गतिमा […]
जब भान्जाको उपचारका लागि दिल्ली पुगेका व्यक्तिलाई प्रदर्शनकारी भन्दै नियन्त्रणमा लिइयो…
भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले बिरामी भान्जाको उपचारका लागि दिल्ली पुगेका वीर कुमारलाई पनि नियन्त्रणमा लिएको छ। कुमारले आफू प्रदर्शनमा सहभागी नभए पनि प्रहरीले प्रदर्शनकारी भन्दै नियन्त्रणमा लिएको दाबी गरेका छन्। भारतको निर्वाचन आयोगले मतदाता नामावलीमा गरेको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै […]
काउन्सिलले सञ्चारमाध्यमलाई होच्याउने र मनोबल गिराउने काम गर्यो : महासंघ
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको जनकपुरधाममा सम्पन्न पाँचौँ पूर्ण बैठकले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आइरहेका कारबाहीसम्बन्धी विषयप्रति गम्भीर असहमति व्यक्त गरेको छ। नेपाली मिडियामा आफ्ना कमजोरी सच्याउने तत्परता रहेको र सोहीअनुसार कमजोरी सच्याउने काम भइरहेको अवस्थामा पनि प्रेस काउन्सिलले सञ्चारमाध्यमलाई होच्याउने र मनोबल गिराउने गरी कारबाही गरिएको भन्दै सामाजिक सञ्जालबाट प्रचारप्रसार गरेकोप्रति […]
‘तपाईं कहिले पाखा लाग्ने’ भनेर सोधेपछि पत्रकारसँग रिसाए ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सञ्चारकर्मीको प्रश्न सुनेर आक्रोशित भएका छन्। शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी राजनीतिबाट ‘कहिले पाखा लाग्ने’ भनी सोधिएको प्रश्नप्रति आपत्ति जनाएका हुन्। पार्टी बैठकमा सहभागी हुन पुगेका ओलीलाई एक सञ्चारकर्मीले प्रश्न गरेका थिए, ‘कांग्रेसको महाधिवेशन भयो, लगभग शेरबहादुर देउवा पाखा लाग्नुभयो। तपाईं चाहिँ कहिले पाखा […]
मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु
मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ। प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेका हुन्। विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ। डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि पुगेको […]
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक बनाउन एक अर्ब लाग्ने
बाढीपहिरोले क्षति पुर्याएको बेँसीसहर–चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ। बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ। डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए। उनका अनुसार असोज ८ देखि ११ […]
पोखरामा विमानस्थल आसपासमा चंगा र ड्रोन उडाउन निषेध
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने […]