ट्रम्प र पुटिनबीच दुई साताभित्र बुडापेस्टमा भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पुनः भेटवार्ता हुने तय भएको छ। बिहीबार ट्रम्प र पुटिनबीच टेलिफोन संवादपछि दुई राष्ट्रपतिबीच हंगेरीको राजधानीमा भेटवार्ता हुने तय भएको हो। बिहीबार ह्वाइट हाउसमा पत्रकाहरूसँग कुराकानी गर्दै ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न पुटिनसँगको भेट बुडापेस्टमा हुने निश्चित भएको जानकारी दिए। क्रेमलिनले पनि भेटवार्ता तय […]

अन्तर–व्यवस्थापिका संघको १५१औँ महासभामा सहभागी हुन राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल  जेनेभा प्रस्थान  गरेका छन्। अन्तर–व्यवस्थापिका संघको १५१औँ महासभामा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्। उनीसँगै राष्ट्रियसभाका  सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह पनि प्रस्थान गरेका छन्। यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।

बारामा लागुऔषध खैरो हिरोइनसहित एक व्यक्ति नियन्त्रणमा

बाराको प्रसौनी गाउँपालिका–३ नौतन नजिक लागुऔषधसहित एक व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छ।बिहीबार साँझ करिब ४:३० बजे इलाका प्रहरी कार्यालय प्रसौनीलाई प्राप्त भएको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले चेकजाँज गर्ने क्रममा लागुऔषध खैरो हिरोइनसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक श्रेष्ठको टोलिले वीरगञ्जबाट प्रसौनीतर्फ पैदल आइरहेका […]

जेन-जी प्रदर्शनको फाइदा उठाउँदै भागेका ८१ कैदीबन्दी पक्राउ, ठूलो संख्या अझै फरार

जेन–जी प्रदर्शनका क्रममा जिल्ला कारागार कार्यालय कास्कीबाट भागेका कुल ७७३ कैदीबन्दी तथा थुनुवामध्ये ८१ जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतका अनुसार, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका एकाइहरूबाट खटिएको टोलीले विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । कारागार व्यवस्था विभागले फरार […]

कात्तिक ६ गते बिहान ११:३९ बजे भाइटीकाको शुभ साइत

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११:३९ बजे रहेको जनाइएको छ। भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशमा स्थानीय समयअनुसार […]

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्। आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यसचिव डा. विकास देवकोटालाई बोलाएर प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरूको मागबारे जानकारी लिएको र तिनको समस्या तत्काल सम्बोधन हुने गरी आवश्यक कदम चाल्न निर्देशन दिएकी हुन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत आफ्नै काँधमा भएकी प्रधानमन्त्री कार्कीले नर्सहरूको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित […]

‎हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीनजना घाइते

हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस बिहीबार दिउँसो करिब १२ बजे अनियन्त्रित भएर कर्णाली करिडोर सडकमा पल्टिँदा दुर्घटना भएको हो। ‎दुर्घटनामा तीनजना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका– का १८ वर्षीय विशाल विक, […]

ललितपुरको धौगलबाट ५० किलोभन्दा बढी चाँदी बरामद

ललितपुरबाट सशस्त्र प्रहरीले  ५० के.जी. भन्दा बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। विगत केही वर्षदेखि चाँदीका गरगहना कारोवार गर्ने भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षिय अभिषेख शेख  ललितपुर महानगरपालिका–१६ धौगलबाट बिहीबार पक्राउ परेका हुन्। उनले भारतबाट अवैध रुपले नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचविखन गर्दै आइरहेको भन्ने  सशस्त्र प्रहरी बल नेपाल […]

मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्छः डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिरभित्रै पार्टीको महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै बिहीबार उनले अन्य पार्टीहरूसमेत मंसिरभित्रै महाधिवेशनमा जुटेको उदारण दिँदै कांग्रेसले मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने बताएका हुन्। बैठकमा उनले भने, ‘आज कुरा उठेको छ, कांग्रेस पार्टी अब कसरी अगाडि बढछ भनेर। कांग्रेसबारे यस्तो अपेक्षा राख्ने देशभित्र र बाहिरका […]

ओली नेतृत्वकाे सरकारले नियुक्त गरेका चीनसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे निर्णय

सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराउनुभएकाे हाे। उहाँका अनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य […]