खाँदबारीमा ७२ वर्षीय वृद्धको हत्या

संखुवासभाको खाँदबारीमा एक वृद्धको हत्या भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको सुतिरहेकै स्थानमा हत्या भएको हो । संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार घरको बरन्डाको कोठामा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजेतिर वृद्धको हत्या भएको हो । घाँटी थिचेर गम्भीर घाइते बनाएको अवस्थामा उनलाई उपचारका लागि मनकामना सामुदायिक […]

सुदूरपश्चिमको मानव विकास सूचकांक सुधार गर्न जरुरी : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश मानव विकास सूचकांकमा निकै तल रहेकाले उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएकी छन् । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा आइतबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तक्र्रियामा उनले यस्तो बताएकी हुन् मन्त्री राणाले भनिन् […]

भारत छाड्ने अन्तिम दिन रुँदै फर्किए पाकिस्तानी

जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच सम्बन्ध चिसिएको छ । भारत सरकार पाकिस्तानविरुद्ध एक्सनको मोडमा छ । सार्क भिसामा भारत आउने पाकिस्तानी नागरिकहरूका लागि बहिर्गमन समयसीमा अप्रिल २६ मा समाप्त भएको थियो भने मेडिकल भिसामा आउनेहरूबाहेक सबैको लागि आज अर्थात् अप्रिल २७ मा समाप्त हुँदैछ ।पाकिस्तानी नागरिकहरूलाई जारी गरिएको मेडिकल भिसा अप्रिल २९ […]

महजोडीको दोस्ती ४५ वर्ष पुरा, भन्छन् : स्वास्थ्यले साथ दिएसम्म सहकार्य गर्छौं

‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी श्रृंखलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन् । मह जोडीका […]

शिक्षक आन्दोलनका क्रममा झडप

काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ । शिक्षकहरूले […]

कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना संसद सचिवालयमा

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना सभामुखलाई पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो । सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस […]

आज आमाको मुख हेर्ने दिन

 जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी […]

पोखरामा नेकपा (एमाले) द्वारा २६औं मनमोहन अधिकारी स्मृति दिवस सम्पन्न

नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीको आयोजनामा आज पार्टी कार्यालयमा २६औं मनमोहन अधिकारी स्मृति दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य कमरेड धन बहादुर नेपाली रहनुभएको थियो भने विशेष अतिथि जिल्ला कमिटी कास्कीका उपाध्यक्ष कमरेड भेषराज बराल हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथि लगायत […]

फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको भएपनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरु हटाएर अघि बढाउन जरुरी […]

दृश्य बेगर समाचार पूरा हुँदैनः उर्जामन्त्री खड्का

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दृश्य बिनाको समाचार पूरा नहुने बताउनुभएको छ । शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारिता र फोटो पत्रकारितामा केही विशेष भिन्नताहरु रहेको र समाजलाई सुसज्जित गर्नका निमित्त फोटो पत्रकारिताको महत्व […]