बैंकहरूको अनिवार्य नगद मौज्दात आइतबारदेखि दैनिक ९० प्रतिशत

बैंक तथा वित्तीय संस्थाले आगामी आइतबारदेखि दैनिक रुपमा राख्ने अनिवार्य नगद मौज्दात बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि अनिवार्य नगद मौज्दात दैनिक सीमा बढाउने उल्लेख गरेको थियो । सो अनुसार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै दैनिक कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात ९० प्रतिशत पुर्‍याउन भनेको हो […]

संस्थाको साख खस्कदा राज्य असफल

नोबेल पुरस्कार विजेता प्राध्यापकद्वय डारोन एसेमोग्लु र जेम्स रोबिन्सनले आफ्नो पुस्तक ‘ह्वाई नेसन फेल’मा निष्कर्ष निकालेका छन्— समावेशी संस्थाहरूले राजनीतिक र आर्थिक सहभागितालाई प्रोत्साहन गर्छन्, जसबाट दिगो विकास सम्भव हुन्छ भने दोहनकारी संस्थाहरूले सीमित व्यक्तिको हितमा काम गर्छन् र विकासमा बाधा पुर्‍याउँछन् । डग्लस सी नर्थले आफ्नो पुस्तक ‘इन्स्टिच्युसन, इन्स्टिच्युसनल चेन्ज एन्ड इकोनोमिक पर्फमेन्स’ मा […]

र्‍यापर एमीवे बन्ताईलाई ज्यान मार्ने धम्की

एमीवे बन्ताई भारतीय मनोरञ्जन उद्योगको चर्चित नाम हुन् । उनको वास्तविक नाम मुहम्मद बिलाल शेख हो । उनका कुडी, गली का कुट्टा, रिंग रिंग, गिरफतार र जमैका टु इन्डिया जस्ता गीत चर्चित छन् । एमीवेलाई बन्ताई रेकड्र्सको नाममा दर्ता गरिएको मोबाइल नम्बरमा ज्यान मार्ने धम्की आएको बताइएको छ । धम्की आउने बित्तिकै र्‍यापरले आफ्नो कर्मचारी […]

बागमती सरकारले दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने

बागमती सरकारले पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उक्त कुराको घोषणा गरे । प्रदेशका मौलिकता एवं सांस्कृतिक विविधता झल्काउने चलचित्रको निर्माणमा प्रोत्साहन गर्ने जनाउँदै उनले दोलखाको उक्त थलोलाई फिल्म सिटीको रुपमा विकास […]

अमेरिका अध्ययनमा जाने विद्यार्थी भिसाको अन्तर्वार्ता अस्थायी रूपमा बन्द

अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको हो । ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको छ । यो आदेश मंगलबारको मितिमा जारी भएको र यसमा अमेरिकी […]

बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन

बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ […]

१२ किलो चाँदीसहित एक जना पक्राउ

काठमाण्डौको नागढुङ्गाबाट १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बा प्र ०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक रहेका सिंहलाई बिलबीजक नभएका चाँदीका सिक्री, चन्द्रमा, पाउजुलगायतका गरगहनासहित पक्राउ गरेको परिसरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले बताउनुभयो । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकप्वाइन्टबाट १२ किलो १७६ ग्राम […]

युवा संघ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

 राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । आगामी नेतृत्वका लागि क्षितिज थेबे र  सुमन पुरीले उम्मेदवारी दिएका छन् । सुरुमा भोटिङ पनि उनीहरूले नै गरेका छन् । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक […]

१८औँ गणतन्त्र दिवसमा पोखरामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

पोखरा,  — १८औँ गणतन्त्र दिवसको अवसरमा आज बिहान पोखरामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पोखरा–१७ स्थित ड्रायामसाइड पार्क क्षेत्र आसपास सञ्चालन गरिएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकाय, स्थानीय निकायका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। गण्डकी प्रदेशको गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा र पोखरा महानगरपालिकाको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रम बिहान ७:३० बजे […]

पोखरा ७ द्वारा मानव सेवा आश्रमलाई खाद्य सामग्री सहयोग

पोखरा,  – पोखरा महानगरपालिका वडा नं. ७ ले आफ्नो पदस्थापन दिवसको अवसर पारेर हेमजास्थित मानव सेवा आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ। २०७९ साल जेठ १२ गते जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा वडाले आश्रमलाई ४० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष राम मोहन आचार्य, वडा सचिवसहित […]