कांग्रेसद्वारा कप्तान साम्बालाई पाँच लाख आर्थिक सहयोग

काठमाडाैं । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख सहयोग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल जटिल शल्यक्रियाको तयारीमा रहेको उल्लेख गर्दै उनको उपचारका लागि पार्टीको तर्फबाट उक्त सहयोग गरेको जानकारी दिएका छन् । […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो । बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरको निर्वाचन क्षेत्र नं १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धि प्रशिक्षण दिन थालिएको हो । तालिममा जिल्लाका तीन सय ७४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान […]

एमालेले गरेको विकासमा उभिएर हाम्रो विरोध भइरहेछ : ओली

एमाले अध्यक्ष केपी ओलीले आफूलाई हटाउँदा देश ड्राइभरविनाको गाडीजस्तो हुने बताएका छन् । झापाको दमकमा नेसनल भोलेन्टियर्स फोर्स कोशीको घोषणा कार्यक्रममा सोमबार उनले आफू सरकारमा आउन साथ देश कुद्ने दाबी गरे । ‘मलाई सरकारबाट हटाउँदा ड्राइभरविनाको गाडीजस्तो हुन्छ देश,’ उनले भने, ‘म सरकारमा आउनेबित्तिकै देश कुद्छ । म सरकारबाट हटेपछि जहाँको त्यहीँ हुन्छ ।’ ओलीले देश विकास गर्ने पार्टी […]

झापा उत्रिए रवि, इटहरीमा बालेनसँगै परिवर्तन सभा

दमक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने झापामा उत्रिएका छन्। भद्रपुरस्थित विमानस्थलमा उनको स्वागतका लागि ठूलो संख्यामा रास्वपाका नेता कार्यकर्ता पुगेका थिए। लामिछाने झापाका निर्वाचन क्षेत्रहरु १, २, ३, ४ र ५ मा विभिन्न कार्यक्रममा सहभागी भई प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका बरिष्ठ नेता बालेन शाहसँगै कोशी प्रदेशको परिवर्तन सभाका लागि इटहरी जानेछन्। इटहरीमा हुने […]

पेरूमा उद्धारका क्रममा सैन्य हेलिकाेप्टर दुर्घटनाग्रस्त

एजेन्सी । पेरुमा बाढीको समयमा उद्धारका क्रममा साेमबार सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकाेप्टर दुर्घटना भएको बीबीसीले जनाएको हाे । साेही दुर्घटनामा ११ यात्रु र चालक दलका ४ सदस्यसहित १५ जनाको ज्यान गएको छ । ज्यान गुमाउने […]

एजेन्सी । बेलायतका पूर्वराजदूत पिटर म्यान्डेलसन पक्राउ परेका छन्। प्रहरीले जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमा म्यान्डेलसनको नाम पनि मुछिएपछि सोधपुछका लागि पूर्वराजदूत म्यान्डेलसनलाई सोमबार पक्राउ गरेकाे हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले म्यान्डेलसन एपस्टिनबीच भएको संवादहरू सरकारले प्रहरीलाई उपलब्ध गराएको जनाएकाे छ। सोही अनुसार अनुसन्धानका लागि ७२ वर्षीय म्यान्डेलसनलाई सोमबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो। त्यतिबेला सादा […]

एनआरएनए १२औं महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन  गरिएको छ। संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७ को उपदफा १७.२ अनुसार दुई वर्षको कार्यकालका लागि ७४ जना पदाधिकारीहरूको चयनका लागि  निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो । निर्वाचन फागुन ३० देखि चैतमा सम्पन्न गरिने संघले जनाएको […]

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

पाकिस्तान र बङ्गलादेशबिच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराचीका हजारौँ बङ्गाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ । दशकौँदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण छुट्टिएका परिवारहरू फेरि भेटिने सम्भावनाले उनीहरू भावुक बनेका छन् । करिब तीन दशकअघि छोटो भ्रमणका लागि पाकिस्तान आएका ६० वर्षीय शाह आलम अझै कराचीमै अड्किएका छन् । […]

ग्रिनल्याण्डले अस्वीकार गर्‍यो ट्रम्पको अस्पताल जहाज प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्पताल जहाज पठाउने प्रस्तावलाई ग्रिनल्याण्डले अस्वीकार गरेको छ । ‘धन्यवाद, तर आवश्यक छैन’ भन्दै ग्रिनल्याण्ड ट्रम्पको उक्त प्रस्ताव अस्वीकार गरेको हो । ट्रम्पले यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै डेनमार्कको स्वायत्त भूभाग ग्रिनल्याण्डलाई नियन्त्रणमा लिन चाहेको बारम्बार बताएका थिए । प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले फेसबुकमार्फत प्रतिक्रिया दिँदै अमेरिकी प्रस्ताव नोट गरिएको बताएका छन् […]