कास्कीमा करिब ६२ प्रतिशत मत खस्यो
मतदान सकिएसँगै कास्कीमा मतगणनाको तयारी सुरु भइसकेको छ । निर्वाचन कार्यालयले मतदान सकिएसँगै मतगणनाको पनि तयारी थालेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्कीका ३ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट साढे २ घण्टाभित्रै मतपेटिका आजै राति ११ बजेबाट मतगणना सुरु गर्ने गरी तयारी गरिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । उनका अनुसार कास्कीका तीनवटै […]
रौतहटमा शान्तिपूर्ण निर्वाचन सम्पन्न, करिब ६० प्रतिशत मतदान
रौतहट जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सामान्य विवादबाहेक शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न भएको छ। बिहीबार सम्पन्न निर्वाचनमा जिल्लाभर करिब ६० प्रतिशत मतदान भएको जानकारी दिइएको छ। रौतहटका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। जिल्लाभरका १५२ वटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको थियो। निर्वाचनका क्रममा कुनै […]
सुदूरपश्चिमका मतदाता भन्छन्, ‘जसले जित्छ, उसले देश बनाओस् र युवालाई विदेश जानबाट रोकोस्’

सुदूरपश्चिममा यसपटकको निर्वाचन निकै उत्साहजनक र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । मतदान गरेर बाहिरिँदै गरेका यहाँका मतदाताहरूले यसपालिको चुनाव विगतभन्दा फरक रहेको प्रतिक्रिया दिएका छन्। मतदान गर्न पाउँदा खुसी व्यक्त गर्दै उनीहरूले अब जित्ने उम्मेदवारसँग देश विकास गर्न र युवाहरूलाई स्वदेशमै बस्ने वातावरण मिलाउन आग्रह गरेका छन्। धनगढीकी विना थापाले यस पटक आफूले राम्रो […]
कोशी प्रदेशमा शान्तिपूर्ण मतदान, यस्तो छ सुरक्षा अवस्था
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले प्रदेशभर निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढिरहेको जानकारी दिएका छन् । रातोपाटीसँगको कुराकानीमा उनले प्रदेशका कुनै पनि मतदान स्थलमा सुरक्षा चुनौती वा मतदान कार्यमा अवरोध पुग्ने खालका घटना नभएको स्पष्ट डीआइजी घिमिरेका अनुसार ओखलढुंगामको एउटा मतदान केन्द्रमा भने मतदाताहरूले स्वेच्छाले मतदान नगर्ने निर्णय गरेका कारण त्यहाँ […]
रसुवामा ४ बजेसम्म ५२ प्रतिशत मत खस्यो
रसुवा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा ४ बजेसम्म ५२ प्रतिशत मत खसेको छ । रसुवाका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीका अनुसार ४ बजेसम्म ५२ प्रतिशत मतदाताले मतदान गरेका छन् । उप्रेतीका अनुसार सबैभन्दा धेरै ग्राङ मतदान केन्द्रमा ६१ प्रतिशत भन्दा धेरै मत खसेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा ४१ […]
छतबाट खसेर गम्भीर घाइते बालकको हेलिकप्टरमार्फत उद्धार
बागलुङमा घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको ढोरपाटन नगरपालिका– १, बुर्तिबाङ बजारका दुई वर्षीय हेन्सल पुन छतबाट खसेर गम्भीर घाइते भएका हुन् । बिहीबार दिउँसो २ बजेको समयमा घरको छतमा खेलिरहेका पुन खसेर गम्भीर घाइते भएपछि उपचारका लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको हो । ढोरपाटन नगरपालिका–३, पुर्काेट […]
इरानले हतियार मागेको छैनः रूस
इरानले जारी युद्धको बीचमा रूसलाई हतियार आपूर्ति गर्न कुनै अनुरोध नगरेको रुस सरकारका प्रवक्ता डिमिट्री पेस्कभले बताएका छन् ।पत्रकारले मास्कोले इरानलाई हतियारसमेत सहयोग दिने योजना बनाएको छ कि छैन ? भनेर सोधेका थिए । यसको जवाफमा पेस्कभले भने, ‘यस सन्दर्भमा इरानी पक्षबाट कुनै अनुरोध आएको छैन । हाम्रो स्थिर स्थिति सबैलाई ज्ञात छ र यसमा […]
४ बजेसम्म ८४ लाख मत खस्यो
दिउँसो ४ बजेसम्म ८४ लाख मत खसेको छ। निर्वाचन आयोगका अनुसार ४५ प्रतिशत मतदान भएको छ। सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ५४ प्रतिशत मतदान भएको छ भने मधेशमा ३७ प्रतिशत भएको छ।
नेकपाका उम्मेदवार किरण साहद्वारा पार्टी परित्याग
सञ्जय कार्की, रौतहट । नेपाली कम्युनिस्ट पार्टीबाट रौतहट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका किरण साहले पार्टी परित्याग गरेका छन्। साहले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गर्दै मुस्लिम बाहुल्यता रहेको उक्त निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्रमा खटिएका आफ्ना पोलिङ एजेन्टहरूलाई समेत बाहिरिन निर्देशन दिएका छन्। फेसबुकमार्फत सार्वजनिक सन्देशमा उनले […]
कर्णालीमा ४१ प्रतिशत मत खस्याे
कर्णाली प्रदेशका १० जिल्लामा जारी मतदानमा ४१ प्रतिशत मत खसेको छ । कर्णाली प्रदेशमा १० लाख ३७ हजार २५० मतदाता रहेका छन् । अहिलेसम्म चार लाख २४ हजार ७५५ मत खसेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । सबैभन्दा धेरै मुगुमा ५५ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मत कालीकोटमा ३० प्रतिशत मत खसेको […]