कतै तपाईको बच्चाले एआईबाट होमवर्क सारिरहेको त छैन ? यसरी पत्ता लगाउनुहोस्

आजकल अधिकांश मानिसहरूले विभिन्न काम तथा जानकारीका लागि आर्टिफिसियल इन्टेलिजेन्स टूलहरुको प्रयोग गरिरहेका हुन्छन्। युवायुवतीदेखि वृद्धवृद्धा मात्र होइन बालबालिकामा पनि एआइ प्लाटफर्महरुको प्रयोग बढिरहेको छ। वास्तवमा कार्यालयको काममा सहायता लिनेदेखि लिएर फोटो वा भिडियो बनाउने काममा समेत एआई निकै उपयोगी बनिरहेको छ । यहाँसम्म कि केही बच्चाहरूले त विद्यालयको गृहकार्य गर्न समेत एआईकै प्रयोग गर्न […]

प्रहरीको नाममा डकैती, थप एक जना पक्राउ

प्रहरीको नाममा शरीर बन्धक बनाई डकैती गरेको आरोपमा मोरङ प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  विराटनगर महानगरपालिका वडा-११ बस्ने २५ वर्षीय कुशल पाण्डे रहेका छन् । पाण्डेविरुद्ध यसअघि इलाका प्रहरी कार्यालय रानी मोरङबाट मन्जु तामाङको ज्यानमार्ने उद्योग मुद्दामा मुद्दा दर्ता रहेको, तथा अभद्र व्यवहार मुद्दामा समेत संलग्न रहेको अभिलेखबाट देखिएको […]

मध्यरातमा संवैधानिक इजलासले ५२ पदाधिकारी नियुक्तिबारे दिएका तीनथरी राय

बुधबार मध्यरातमा सर्वोच्च अदालतमा संवैधानिक इजलासको बैठक बस्यो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक पदहरूमा ५२ जनालाई नियुक्ति गरेपछि परेको मुद्दा छिनोफानो गर्न संवैधानिक इजलास बसेको थियो। हरेक बुधबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने गर्छ। तर यसपालिको इजलासले गर्ने फैसलामा राजनीतिक व्यक्तित्व, संवैधानिक निकायका पदाधिकारी, वकिल, सर्वसाधरण लगायतको चासो थियो। यो फैसला आउने […]

५ करोड ४० लाखको शंकास्पद चेक लेनदेन विषयमा सांसद मेटमणि चौधरी र ठेकेदारले गरे सहमति

पाँच करोड ४० लाख रुपैयाँको लेनदेनमा प्रतिनिधि सभाका सांसद मेटमणि चौधरी र निर्माण व्यवसायी ठेकेदार धात बुढामगरले प्रहरीमा पुगेर सहमति गरेका छन्। एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका चौधरी र ठेकेदार बुढामगर मंगलबार (असार १७) साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर सहमति गरेको एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए। सहमतिमा भने उनीहरूले ‘कुनै पनि लेनदेन नभएको’ […]

मलाई स्पष्टीकरण सोधिएको छैन, भ्रम छरेको बारे स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेतृ झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण […]

कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलोपटक भित्रियो हेलिकप्टर

तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो । उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए । उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको […]

एसियन कप पुगेर इतिहास रच्न नेपाल एक जित टाढा

नेपाली महिला फुटबल टोली अर्को इतिहास नजिक छ। एएफसी वुमन्स कपमा पहिलो पटक पुग्नका लागि नेपाली महिला टोली अब एक जितमात्र टाढा छ। तर त्यो एक जित नेपालका लागि सहज भने छैन। किनकी यसअघि दर्जन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि भने जित्न नसकेको खराब इतिहास पनि नेपालसामू छ। उज्वेकिस्तानमा भइरहेको एएफसी वुम्नस एसिया कप […]

भाँचिएको ६ महिनामा विनयी खोलामा नयाँ पुल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिनामा नयाँ पुल बनेको छ । २०८१  पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो । उक्त पुल बाँचिएपछि विनयी खोलाको नयाँ डाइभर्सनबाट सवारी सञ्चालन भइरहेका थिए ।  तर अब भने पुल निर्माण भएको […]

सिराहा भन्सारमा ‘प्लान्ट क्वारेनटिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेनटिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु आयात निर्यात गर्ने  व्यवसायी  विराटनगर वा जलेश्वर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका विभागले प्लान्ट क्वारेनटिन प्रयोगशालाको आवश्यकता औँल्याउँदै आए पनि त्यसले मूर्तरूप लिएको छैन । विसं २०७८ असोजमा कृषिजन्य वस्तुको निरीक्षण र परीक्षण गरी छोडपुर्जी दिने उद्देश्यले सिराहा, महेशपुर […]

कांग्रेसका प्रदेशसभा क्षेत्रका सभापतिको निधन

नेपाली कांग्रेसका सप्तरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर  २ का सभापति श्यामकुमार यादवको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ति निकालेर यादवको असार १७ गते राति ११ः३० बजे ६० वर्षको उमेरमा निधन भएको जानकारी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले यादवको निधनप्रति दुःख व्यक्त […]