कांग्रेसको देउवा समूह पनि निर्वाचन आयोगमा जाँदै
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोगमा जाने भएकाे छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनपछि देउवा समूह निर्वाचन आयोगमा जाने भएकाे हाे । देउवा समूहकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले आफूहरू निर्वाचन आयोग जान लागेकाे बताइन् । यसअघि गगन थापा नेतृत्वकाे कांग्रेस निर्वाचन आयाेगमा पुगिसकेकाे छ । गगन थापाको नेतृत्वमा नयाँ कांग्रेस बनेपछि […]
सिन्धुलीको एसबीआई बैंक लुट्ने ७ जना समातिए, घरबेटीले असोजमै बनाएका थिए योजना
काठमाडौं– सिन्धुलीस्थित नेपाल एसबीआई बैंक लुट्न संलग्न रहेका ७ जना रकमसहित प्रहरीले पक्राउ गरेको छ। यो लुटपाट बैंकको कार्यालय राखिएको घरका मालिकको योजनामा बनेको पनि अनुसन्धानले खुलायो। सिन्धुलीको घ्याङलेख गाउँपालिका २ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालय लुटपाटपछि फरार रहेका बैंक रहेको घरका धनी छविलाल स्याङ्तानलाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ। स्याङ्तानसहित […]
कांग्रेसः पूर्णबहादुर खड्काको समूह निर्वाचन आयोग पुगेपछि महामन्त्री घिमिरेको ७ बुँदे ब्रिफिङ
काठमाडौं– आधिकारिकताको दाबी, विशेष महाधिवेशनमा प्रतिनिधिको हस्ताक्षर फिर्तालगायतका तर्कसहित निर्वाचन आयोगमा शुक्रबार आधिकारिकताका लागि पुगेको कांग्रेसका पूर्णबहादुर खड्काको समूहको दाबीमाथि ७ बुँदे ब्रिफिङ आएको छ। विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री गुरुराज घिमिरेले ७ बुँदे ब्रिफिङ गर्दै खड्कालगायतको समूहको काम ‘राजनीतिक प्रोपोगाण्डा’ भनेका छन्। यस्ता छन् ७ बुँदा नेपाली कांग्रेसको ऐतिहासिक विशेष महाधिवेशन सम्पन्न भई केन्द्रीय कार्यसमितिको […]
कांग्रेसकाे थापा समूहलाई आयोगको गेटमै रोकियो
काठमाडौं। नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहलाई निर्वाचन आयोगको गेटमै रोकिएको छ । सोही समूह शुक्रबार निर्वाचन आयो पुगे पनि गेटमै रोकिएको हो । शुक्रबार दिउँसाे शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग पुगेको थियो । देउवा समूह आयोग भित्रै रहेकाले आफूहरू भित्रप्रवेश नगरेको थापा समूहकी एक जना केन्द्रीय सदस्यले बताएका हुन् ।
चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ : एमाले
नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रबार निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराई यस्तो आशंका व्यक्त गरेका हुन् । उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ प्रश्न समेत गरे । […]
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा
काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।
६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता
चालु आर्थिक वर्षको पछिल्लो महीनाहरुमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको ६ महिनामा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो […]
रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले कार्यालय स्थापना गरिएको जानकारी दिए । बस्नेतले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको […]
देउवा पक्षको दाबी- ‘गगन पक्षले काँग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र’
काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याएका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको काँग्रेस आधिकारिकता लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताएका […]
घोराही–तुलसीपुर चारलेन सडकको अनुगमन गर्न पुगे शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिएका छन् । यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रूपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिएका हुन् । डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार रहेको बताएको र निर्धारित […]