गगने खोलामा पहिरो : शनिबारदेखि माथिल्लो कर्णालीको यातायात ठप्प

कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा पहिरो गएपछि शनिबारदेखि सडक अवरुद्ध छ। सधैँजसो पहिरोले अवरुद्ध भइरहने गगने खोलामा पानी पर्ने बित्तिकै पहिरो जाने समस्या विगतदेखिनै हो। उक्त ठाउँको दीर्घकालीन समस्या नहुँदा सधैँ जसो बर्खायाममा पहिरोले समस्या पार्ने गरेको छ, गगने खोला क्षेत्रमा। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीका अनुसार, शनिबार ६ बजेतिर पहिरोले […]

राहत सामग्री बोकेको थाई एयर काठमाडौँमा अवतरण

नेपालमा गत भदाै १० गते चीनकाे तिब्बत हुँदै आएको विपद्‌बाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेको रोयल थाई एयर फोर्सको सी–१३० हर्क्युलिस विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अवतरण गरेको छ। थाइल्यान्डबाट आएको उक्त विमानमा विपद्‌बाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री ल्याइएको जनाइएको छ। विपद्को कठिन परिस्थितिमा नेपाललाई सहयोग र ऐक्यबद्धता जनाउँदै थाइल्यान्डले मानवीय […]

विश्वव्यापी चुनौतीबिच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि

 दक्षिण कोरियाको निर्यातले यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ। शनिबारसम्म देशको कुल निर्यात ७०९.४ अर्ब अमेरिकी डलर पुगेको छ । जुन गत वर्ष कायम भएको ७०९.३ अर्ब अमेरिकी डलरको वार्षिक निर्यात रेकर्डभन्दा पनि बढी हो। दक्षिण कोरियाको व्यापार, उद्योग तथा स्रोत मन्त्रालय र कोरिया भन्सार सेवाले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस वर्षको […]

भीम अस्पतालमा पूर्वाधार र विशेषज्ञ जनशक्ति थप्ने प्रदेश सरकारको तयारी

दैनिक बिरामीको चर्को चाप खेपिरहेको भैरहवास्थित भीम अस्पताललाई १०० शय्याको सुविधासम्पन्न अस्पतालमा विस्तार गरिने भएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले ५० शय्याको हालको क्षमताले बिरामीको चाप धान्न नसकेकाले भौतिक संरचना र जनशक्ति थपेर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न प्रदेश सरकारले आवश्यक पहल तथा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। अस्पतालको भौतिक संरचना विस्तारसँगै विशेषज्ञ चिकित्सक, […]

नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने

तुइन खोलामा पहिरो रोकथामको कार्य अघि बढाउन नारायणगढ-मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा भइरहेको सडक मर्मतको समयलाई सदुपयोग गर्दै तुइन खोलाको जोखिमयुक्त माटो कटान गर्न स्थानीय प्रशासनले निश्चित समय तालिका तोकेर मात्र सवारी आवागमन सञ्चालन गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो व्यवस्थापन कार्यका […]

घाइतेलाई भेटेपछि मन्त्री श्रेष्ठले भने : उहाँहरूलाई मानसिक परामर्श आवश्यक छ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी भेट गरेका छन्। आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाररत घाइते कर्मचारी र उनीहरूको परिवारसँग भेट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन्। मन्त्री श्रेष्ठले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल […]

तादी खोलामा एक्रोब्रिज जडान तीव्र

नुवाकोटको विदुर नगरपालिका-५ देवीघाट र बेलकोटगढी नगरपालिका-८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीव्र पारिएको छ। भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानका दुई पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो। नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ‘ब्रिजिङ युनिट’ […]

क्यासिनोबाट पालिका प्रमुखसँगै प्रहरी निरीक्षक पनि पक्राउ

पर्सा प्रहरीले वीरगन्जको गण्डकमा रहेको क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट शनिबार राति ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेललाई पनि नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक पौडेल र सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष जसवन्त यादवसहित ८ जनालाई क्यासिनोबाट नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख पवन भट्टराईले बताएका छन्। यादव गाउँपालिकाको ना.१ झ १६८७   नम्बरको […]

सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु

सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। स्वयंसेवी संस्था सुडान डक्टर्स नेटवर्कका अनुसार बिहीबार दिउँसो काउडाको दक्षिण र पश्चिममा पर्ने डेबी र लुवैरी क्षेत्रमा सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थका लडाकुले गरेको आक्रमणमा महिला तथा बालबालिकासहित २१ जनाभन्दा बढीको मृत्यु भएको थियो। घटनामा अन्य धेरै […]

जब पुरिएको घरको पर्खालभित्रबाट बचाऊ-बचाऊ भन्ने आवाज आयो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरेको चारतले घरभित्रबाट ‘बचाऊ-बचाऊ’ भन्ने गुहार सुनेपछि सुरक्षाकर्मीले ११औं दिनमा एक ६४ वर्षीया महिलाको जीवितै उद्धार गरेका छन्। नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावती बजारस्थित आनन्दलाल श्रेष्ठको पुरिएको घरबाट उनकी श्रीमती चन्द्रीका श्रेष्ठलाई शनिबार अपराह्न सकुशल बाहिर निकालिएको हो। उद्धारलगत्तै उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भर्ना […]