विदेश पठाउँछु भनेर ३५ लाख ठगेको आरोपमा एकजना पक्राउ

विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे छन् । विदेशमा आकर्षक तलबको रोजगारीमा पठाउँछु भनेर उनले ३५ लाख ७० हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । सर्विया […]
लोकदोहोरीमा बढ्दो अश्लीलताविरुद्ध मन्त्रालय र साइबर ब्युरोमार्फत कारबाहीको तयारी

पछिल्लो समय लोकदोहोरी क्षेत्रमा बढ्दै गएको अश्लीलता र विकृतिप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कडा रूपमा उत्रिने भएको छ। गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालको भाइरल लाइभ दोहोरी, गायिका ज्योति मगरको स्टेज प्रस्तुति र मोडल रिया खड्काले धार्मिक स्थलमा गरेको नृत्यलाई लिएर चौतर्फी आलोचना भएपछि प्रतिष्ठानले कानुनी कारबाहीको तयारी गरेको हो। गीत–संगीतमा विकृति भित्र्याउनेहरूलाई […]
प्रधानमन्त्री बाहिरिएको विषयमा कांग्रेसको आपत्ति, संसद्मा स्पष्टीकरण माग

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर हिँडेको विषयलाई लिएर संसद्मा विरोध जनाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएका थिए।प्रमुख सचेतक थापाले सोमबारको बैठकमा देखिएको दृश्य लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने […]
मिर्गौला पीडितको माइतीघरमा प्रदर्शन: १० प्रतिशत को–पेमेन्ट खारेज र भत्ता भुक्तानीको माग

मिर्गौला पीडित सरोकार समाज नेपाल केन्द्रीय कार्यसमितिले मिर्गौला तथा अन्य कडा रोगका बिरामीहरूको समस्या समाधानका लागि माइतीघर मण्डलामा विरोध तथा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको छ। प्रदर्शनका क्रममा पीडितहरूले ब्यानरसहित आफ्ना मागहरू राख्दै स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई विशेष ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। आन्दोलित मिर्गौला पीडितहरूले स्वास्थ्य बीमामा लागू गरिएको १० प्रतिशत ‘को–पेमेन्ट’ व्यवस्था तुरुन्त खारेज […]
बिना परामर्श केन्द्रीय समिति बिस्तारले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ : कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । उनले भनेका छन्– ‘संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भइरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति […]
टेक्सासमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु, तीन घाइते

अमेरिकाको टेक्सासस्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ । संदिग्धले योजनावद्ध रुपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले जनाएको […]
बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम गर्न अनुरोध

सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम परिमार्जन गरी खरिद सम्बन्धी काम कारबाही गर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले सम्बन्धि सबै सार्वजनिक निकायहरुलाई सो आग्रह गरेको हो । कार्यालयले सार्वजजिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भई कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै नमुना बोलपत्र सम्बन्धी […]
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–११ बस्ने बागलुङ काठेखोला गाउँपालिका–३ घर भएका २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका–३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौँ महानगरपालिका–९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ वर्षीय […]
अवैध उत्खननमा संलग्न टिपर र जेसीवी सुर्खेत प्रहरीको नियन्त्रणमा

सुर्खेतमा अवैध उत्खननमा संलग्न एक दर्जन बढी टिपर र जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार १२ टिपर, २ जेसीवी, २ ट्याक्टर र १ स्काभेटर नियन्त्रणमा लिइएको छ। यी निर्माण सामग्रीलाई भेरीगंगा र लेकवेशी नगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको उनले बताए। ‘अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा […]
युद्धविरामको पूर्वसन्ध्यामा युक्रेनमाथि रुसको आक्रमण, २७ जनाको मृत्यु

युक्रेनले प्रस्ताव गरेको अनिश्चितकालीन युद्धविराम लागू हुनुभन्दा केही घण्टाअघि मात्रै पूर्वी युक्रेनका विभिन्न क्षेत्रमा रुसले भीषण आक्रमण गरेको छ। मंगलबार भएका यी आक्रमणहरूमा परी कम्तीमा २७ जनाको ज्यान गएको छ, जसमा यो वर्षकै सबैभन्दा घातक मानिएको एउटा आक्रमणमा मात्रै १२ जनाले ज्यान गुमाएका हुन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघले प्राप्त गरेको विजयको सम्झनामा मस्कोको […]