म्याद गुज्रेका सिलिन्डर बेच्ने ग्यास उद्योगलाई तीन लाख जरिवाना

म्याद गुज्रेको र कम तौलको सिलिन्डर बिक्री गरेको भन्दै रिजालको भान्छा ग्यास उद्योग प्रालिलाई जिल्ला प्रशासन कार्यालय मोरङले करिब तीन लाख रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका हात्तीमुडास्थित प्रालिलाई शुक्रबार दुई लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो। साउन २७ गते जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, […]

राणा र प्रसाईंले ‘जय नेपाल पार्टी’ खोल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यागेका धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नयाँ राजनीतिक दल गठनको अन्तिम तयारीमा पुगेका छन्। दुवैले साउन २८ गते ‘जय नेपाल पार्टी’ घोषणा गर्दै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी गरेका छन्। पार्टीको अध्यक्षमा राणा रहनेछन् भने प्रसाईंलाई सर्वोच्च नेता बनाउने सहमति भइसकेको छ। पार्टीको संगठनात्मक संरचना र अन्य […]

कप्तानगञ्ज घटना: दोषीलाई कारबाही र मृतकलाई शहीद घोषणाको माग गर्दै कांग्रेसद्वारा आन्दोलनको चेतावनी

सुनसरीको देवानगञ्ज वडा नं.३ को कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरि कारबही गर्नुपर्ने र मृतकलाई शहीद घोषणा नगरे नेपाली कांग्रेसले आन्दोलन गर्ने चेतावनी दिएको छ। नेपाली कांग्रेस सुनसरीले बुधबार जिल्ला पार्टी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरि घटना भएको दस दिन वित्दा पनि दोषी कोही पक्राउ नपरेको जनाउँदै कांग्रेसले […]

पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म तुलसीलालले खेलेको भूमिकाको चर्चा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उनको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गरेकी छन् । कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको बताइन् । उनले भनिन्, ‘सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका […]

उपभोक्ता संरक्षण ऐन संशोधन र प्रभावकारी अनुगमनको माग गर्दै सरकारलाई १६ बुँदे सुझाव

 बजारमा व्याप्त अस्वस्थ प्रतिस्पर्धा, गुणस्तरहीन वस्तुको बिक्री, मूल्यमा मनपरी र उपभोक्तामाथि हुने ठगी नियन्त्रणका लागि कानुनी तथा संस्थागत सुधारको माग गर्दै उपभोक्ता जागरण अभियान (नेपाल) ले सरकारलाई १६ बुँदे सुझावपत्र बुझाएको छ । संरचनागत कमजोरी नहटाई संविधानप्रदत्त उपभोक्ता अधिकार सुनिश्चित हुन नसक्ने निष्कर्षसहित अभियानले शुक्रबार सरकारका उच्च अधिकारी तथा संसदीय समितिका सभापतिलाई सुझावपत्र हस्तान्तरण गरेको […]

डा शशांकले भने: शेखर दाइ कार्यव्यस्तताले नआउनुभएको हो, उहाँको समर्थन छ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले आगामी राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार सम्मेलनमा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरिएको जानकारी दिएको छ। भेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न १६ वटा विभिन्न तयारी समिति समेत गठन गरिएको […]

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला : ५ सय ५१ सदस्यीय आयोजक समिति

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाको तयारीका लागि डा शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ। शनिबार पत्रकार सम्मेलनमा आयोजक समितिसँगै विभिन्न जिम्मेवारी बाँडफाँटका लागि १६ वटा उपसमिति समेत गठन गरिएको जानकारी दिएको हो। यसअघि नै इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला […]

गृहमन्त्री गुरुङ जनकपुरमा

गृहमन्त्री सुदन गुरुङ आज जनकपुर आइपुगेका छन्। आन्दोलनरत पक्षसँग वार्ताका लागि उनी जनकपुर आइपुगेका हुन्। जिल्ला प्रशासन कार्यालय धनुषाको सभाहलमा हिन्दु युवाको संगठन हिन्दु सम्राट सेनाका सदस्यहरू र गृहमन्त्रीबीच वर्ता हुन लागेका हो। प्रमुख जिल्ला अधिकारको अगुवाइमा आज जनकपुरमा सद्भाव र्‍याली निकालिएको थियो। हिन्दु संघसंस्थाका युवाहरूले विरोध जनाएका थिए। उनीहरूले आफूहरूलाई बाहिर राखेर कुनै पनि […]

किन एकाएक छिरे स्पेनमा ६० हजार आप्रवासी ? कहाँ पर्छन् स्पेनका सेउता र मेलिल्ला ?

अनुमानित ५० हजारदेखि ६० हजार आप्रवासी दुई दिनको अवधिमा मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भू–भागमा रहेको सेउता प्रवेश गरेका छन् । यो पछिल्ला वर्षहरूमा भएका सबैभन्दा ठुलो सामूहिक सीमा पारमध्येको एक हो । यद्यपि स्पेनी अधिकारीहरूका अनुसार शुक्रबारसम्म ४८ हजार ३०० भन्दा बढी आप्रवासी मोरक्को फर्किसकेका छन् । उनीहरूमध्ये धेरैले खाना, पानी र आश्रयको अभावका कारण […]

जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, ९ हजारभन्दा बढी आश्रयस्थलमा

जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ भने ९ हजार २०० भन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् । कुमामोतो प्रिफेक्चर सरकारको विपद् व्यवस्थापन मुख्यालयको शनिबार बसेको बैठकमा अधिकारीले मृतकको सङ्ख्या ३६ रहेको र ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । प्रिफेक्चरका अनुसार मृतकमध्ये नौ […]