खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता
काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि उनका छोरा मोज्तबा होसेनी खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ। इजरायली मिडियाका अनुसार इरानको एसेम्बली अब एक्सपर्टले मोज्तबालाई खामेनीको उत्तराधिकारीका रूपमा चयन गरेको हो। गत फेब्रुअरी २८ मा भएको संयुक्त आक्रमणमा खामेनी आफ्नै निवास क्षेत्रमा रहँदा मारिएको बताइएको छ। आक्रमणमा […]
रतन कार्की चितवनबाट पक्राउ
काठमाडाैं । युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार चितवनबाट उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजीअबिनारायण काफ्लेले जानकारी दिएका छन्। सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशित गरेको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको प्रवक्ता काफ्लेले बताएका छन्। कार्की हालै सम्पन्न हुन लागेको निर्वाचनका लागि जापानबाट स्वदेश फर्किएको बताएका थिए।
दुबई विमानस्थलको अवरोधपछि कुटुम्बका सदस्य लन्डनमा अलपत्र
काठमाडाैं । दुबई विमानस्थलमा देखिएको अवरोधका कारण एमिरेट्स एयरलाइन्स को उडान आकस्मिक रूपमा रद्द भएपछि सांगीतिक समूह कुटुम्ब (Kutumba) का सदस्यहरू हाल लन्डनमा अलपत्र परेका छन्। विमानस्थलमा देखिएको अवरोधका कारण निर्धारित समयमा उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै स्वदेश फर्किन नसक्ने भएका हुन्। यस अवराेधका कारण आसन्न निर्वाचनमा मतदान गर्न नपाउने सम्भावना बढेको भन्दै समूहका […]
सिन्धुली स्कुटर दुर्घटना अपडेट : मृतक स्कुटर चालकको परिचय खुल्यो
। विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा आज बस र स्कुटर ठाेक्किँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । काठमाडौँबाट सिन्धुलीको मरिण गाउँपालिका तर्फ जादै गरेको बा.४.ख ३८९४ नम्बरको बस र बजारबाट चियाबारीतर्फ जाँदै गरेको गरेको ज.१०.प.९२३ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका […]
सुनसान काठमाडौं उपत्यकाका
। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् । सधैँ सवारी साधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका मुख्य सडकहरुमा अहिले फाट्टफुट्ट मात्र सवारी साधन गुडेको देख्न सकिन्छ । दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा जस्तै अहिले पनि उपत्यका छोड्नेको संख्या उल्लेख्य रहेको छ । नयाँ […]
रामेछापमा निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना: असई यादवको घटनास्थलमै मृत्यु, ७ घाइते
रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ। सोमबार मन्थलीबाट मतदान केन्द्रतर्फ जाँदै गरेको उक्त गाडी सडकबाट करिब २०० मिटर तल खस्दा सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कालिका देवी माध्यमिक विद्यालय र […]
रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना
रामेछाप । रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीको मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् । गाडीमा […]
अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण
काठमाडौँ । अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जाल एक्स मार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्त्वपूर्ण पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरी हवाई आक्रमण“ गरेको बताएको हो । विज्ञप्तिमा आक्रमणमा रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा, बलुचिस्तानको १२ […]
मध्यपूर्वको तनावप्रति नेपाल सरकार गम्भीर
काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले देशवासीलाई साेमबार सम्बोधन गर्ने क्रममा इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटप्रति सरकारले गम्भीर रहेको बताउनुभएको हो । उहाँले उक्त क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले सुक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । […]
काठमाडाैं उपत्यकासहित हिमाली तथा पहाडी क्षेत्रमा आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै
काठमाडाैं । फागुपूर्णिमा अर्थात होली पर्व साेमबार काठमाडाैं उपत्यकासहित हिमाली तथा पहाडी जिल्लामा विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने साेही पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने प्राचीन परम्परा रहेकाे हाे । केही वर्ष अघिसम्म काठमाडाैं उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली […]