राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा छलफल
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिने भएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले भदौ २४ देखि ३० गतेसम्म सातै प्रदेशका २८ जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, […]
रसुवा बाढी : एक हजार २९५ शव फेला, चार हजार ८९८ जना बेपत्ता
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो २ बजेसम्म एक हजार २९५ जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९५ शव फेलापरेको हो। […]
चीनले नेपालसँग जलविज्ञान सम्बन्धी सूचना आदानप्रदान गर्ने
चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद् राहत प्रयासका लागि सो सहयोग गर्ने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिमसम्बन्धी सूचनासमेत समेटिनेछन्। चीनको मौसमसम्बन्धी निकायले चीन र नेपालबीचको केरुङ–रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा प्रभावसम्बन्धी […]
साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ। कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिइन्। कर्पोरेशनले […]
सेफ सापकोटाद्धारा बाढीपीडितका लागि ५१ लाख सहयाेग
पोर्चुगलमा कार्यरत नेपाली सेफ टङ्क सापकोटाले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ प्रदान गरेका छन् । सापकोटाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त जम्मा गरेको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी गराए । राजदूत पौडेलले प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि सापकोटाले गरेको सहयोग […]
नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता प्रतिनिधि सभामा पेस
नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता बिहीबार प्रतिनिधि सभामा पेस गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्लाई जानकारी गराउने प्रयोजनका लागि सो सम्झौताको प्रतिवेदन सभामा पेस गरेका छन्। मन्त्री श्रेष्ठले नेपाल र भारतबिच २०८० पुस १९ गते सम्झौतामा हस्ताक्षर भएको थियो । तर उक्त सम्झौता २०८१ साउन १४ गते मात्रै राजपत्रमा प्रकाशित […]
भारतीय राजदूतद्वारा चिलिमे सुरुङ उद्धार निरीक्षण, प्राविधिक टोली १०० मिटरभित्र पुगेको दिए जानकारी
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेसी नजिकै रहेको चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै राजदूत श्रीवास्तवले त्यहाँ खटिएका भारतीय प्राविधिक टोली र नेपाली सेनाको संयुक्त प्रयासको प्रशंसा पनि गरे । बाढी वा पहिरोका कारण अवरुद्ध सुरुङ उत्खनन गरी उद्धार कार्यलाई […]
भोटेकोशी बाढीपछिको समग्र अवस्थाबारे तत्काल श्वेतपत्र जारी गर्न सरकारलाई प्रभु साहको १५ बुँदे सुझाव
। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षति, अर्थतन्त्रमा पर्ने प्रभाव र पुनव्र्यव्यवस्थापनका विषय समेटेर तत्काल श्वेतपत्र जारी गर्न सरकारलाई सुझाव दिएका छन् । आज (बिहीबार) सरकारलाई १५ बुँदे सार्वजनिक सुझाव दिने क्रममा साहले श्वेतपत्र (ह्वाइट पेपर) जारी गरेर नागरिकलाई आश्वस्त पार्न आग्रह गरेका हुन् […]
उद्धारमा खटिने कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने
सरकारले भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका कर्मचारीलाई विशेष सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। यसैगरी उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा […]
पोखराका प्रख्यात कथावाचक भास्कर कमलनयन गौतमकी आमा तथा मेयर धनराज आचार्यकी दिदी भगवती गौतमको निधन

पोखरा। पोखराका प्रख्यात कथावाचक पण्डित भास्कर कमलनयन गौतमकी ममतामयी आमा तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकी दिदी भगवती गौतमको अचानक ब्रेन हेमरेजका कारण निधन भएको छ। पारिवारिक स्रोतका अनुसार घरमा असहज महसुस हुनासाथ उहाँलाई १५ मिनेटभित्रै अस्पताल पुर्याएर शल्यक्रियासहित सम्भव सबै उपचार गरिए पनि बचाउन सकिएन। अभिभावकत्व प्रदान गर्ने व्यक्तित्वको अकालमै निधन भएपछि आचार्य र […]