कास्की–२ बाट युवा नेता मिलन जंग कुवर सिफारिस

कास्की–२ बाट युवा नेता मिलन जंग कुवर सिफारिस कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट युवा उम्मेदवार मिलन जंग कुँवर प्रतिनिधि सभाका लागि सिफारिस भएका छन्। युवामाझ लोकप्रिय र जनसेवामा सक्रिय कुँवरले यसअघि युवा संघ नेपाल, कास्कीको अध्यक्ष भएर संगठन निर्माण र युवालाई एकताबद्ध गर्ने भूमिकामा उल्लेखनीय काम गरेका छन्। […]

इरानसँग अमेरिकी तनाव कम हुने सङ्केतबिच घट्यो तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीबारे बजारमा छाएको त्रास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मत्थर गरेपछि नोभेम्बरयताकै उच्च स्तरबाट बिहीबार तेलको मूल्य घटेकाे हो । हालैका दिनमा भएको वृद्धिबाट नाफा कमाउन व्यापारीहरूले आफूसँग भएको सुन बेच्न थालेपछि सुन बजार पनि दबाबमा आएको छ । प्राविधिक क्षेत्रको शेयरमा सेल–अफ जारी रहँदा बिहीबार एसिया क्षेत्रका […]

निर्वाचन प्रहरीमा आज दरखास्त दिने अन्तिम दिन, कतिले दिए आवेदन ?

काठमाडौँ- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिने निर्वाचन प्रहरीमा ६ दिनमा १ लाख ६० हजार बढीले दरखास्त दिएका छन् । २५ पुसबाट निर्वाचन प्रहरी भर्नाको आवेदन खुलाइएकामा बुधबारसम्म १ लाख ६० हजार २ सय ३९ जनाको आवेदन परेको हो । आवेदन दिने म्याद बिहीबार (आज अन्तिम हो । २१ फागुनका लागि तय भएको प्रतिनिधि […]

काँग्रेस केन्द्रीय कार्यालय दुई दिनदेखि देउवापक्षीय युवाको सुरक्षामा

काठमाडौँ- पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएसँगै ललितपुरको सानेपास्थित काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा देउवापक्षीय युवाहरू सुरक्षा दिएर बसेका छन् । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दाबी गरिरहेका बेला पार्टी केन्द्रीय कार्यालय आउन सक्ने भन्दै देउवापक्षीय युवा बिहीबारदेखि नै कार्यालय परिसरमा बसेका हुन् । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र […]

ढिलोमा शनिबारसम्म अभिलेख अद्यावधिक हुन्छ भन्ने विश्वास गरेका छौँ : गगन थापा

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले निर्वाचन आयोगले शनिबारसम्म अद्यावधिकको विषय टुङ्ग्याउने विश्वास लिएको बताएका छन् । बिहीबार नवनिर्वाचित कार्यसमितिको अद्यावधिक गर्ने पत्र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई बुझाएपछि सञ्चारमाध्यमसँग बोल्दै उनले यस्तो बताएका हुन् । महाधिवेशनले बिहीबार बिहान निर्वाचन प्रक्रिया टुङ्ग्याएर १३७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । सम्पूर्ण पदाधिकारी तथा कानुनविद्सहित आयोग […]

ठिहिर्‍याउने जाडोमा डढेलोको अलार्म

 बुधबार बिहान जुम्ला, जोमसोम, जिरी लगायतको तापक्रम माइनसमा झर्‍यो। काठमाडौं उपत्यकाकै तापक्रम २.३ डिग्री सेल्सियस मापन भयो। यस्तो ठिहिर्‍याउने जाडोका बावजुद देशका विभिन्न भागमा डढेलो र आगलागीका घटना भइरहेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम–खासाको वनमा लागेको भीषण डढेलो नियन्त्रणमा नआएपछि पुस २८ देखि तातोपानी नाका बन्द गरिएको छ। चिनियाहरूसँगको समन्वयपछि नाका आंशिक रूपमा बन्द […]

उज्यालो नेपाल पार्टीले १६५ क्षेत्रमै उम्मेदवार दिने

 उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइनमार्फत आवेदन खुला गरिसकेको छ । तर आवेदन खुला गरे पनि केही महत्त्वपूर्ण क्षेत्रहरूमा अझै योग्य उम्मेदवारको खोजी गरिरहेको उज्यालो पार्टीले जनाएको छ । पार्टीले सबै […]

सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोगमा

  काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितका पदाधिकारी बिहीबार निर्वाचन आयोग पुगेका छन्। केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी विवरण अद्यावधिक गराउन आयोग पुगेका उनीहरूले विशेष महाधिवेशनका निर्णय र सम्बन्धित कागजात बुझाउने छन्। बुधबार राति भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो।

गगन थापा नेतृत्वको कांग्रेसमा कर्णालीले पायो एक सहमहामन्त्री र ८ केन्द्रीय सदस्य

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा कर्णालीले एक पदाधिकारी र ८ जना केन्द्रीय सदस्य पाएको छ । हाल शेरबहादुर देउवा समूहमा रहेका कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काकै गृह प्रदेश कर्णालीबाट ३१२ मध्ये १३४ जनाभन्दा धेरै महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनतर्फ खुलेका थिए । विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वको कार्य समिति बन्दा कर्णालीमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णबहादुर […]

पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार […]