निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् । निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिएको […]

हिटलरको घर अब प्रहरी चौकी

नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस चुलिएको छ । सरकार उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहरूको आकर्षण केन्द्र बन्न नदिने उद्देश्यले नयाँ प्रयोगमा ल्याउन अग्रसर भएको हो । सन् १८८९ अप्रिल २० मा हिटलर जन्मिएको उक्त घर सहरको केन्द्रमा साँघुरो पसलहरूले घेरिएको सडकमा अवस्थित छ । […]

फोहोर सम्झेर फालिने नरिवलको बोक्राका गज्जबका ९ फाइदा

नरिवलको पानी पिएपछि वा पूजामा प्रयोग गरिसकेपछि अक्सर हामी यसको जटा (बोक्रा) लाई फोहोर सम्झेर बाहिर फालिदिन्छौँ। तर के तपाईंलाई थाहा छ ? यो फोहोर वास्तवमा प्रकृतिले दिएको एक उत्कृष्ट खजाना हो, जसलाई सुनौलो रेसा पनि भनिन्छ। नरिवलको बोक्राले तपाईंको बगैँचाको माटोलाई मलिलो मात्र बनाउँदैन, घरको सरसफाइ, सजावट र चराचुरुङ्गीलाई बासस्थान दिन पनि ठूलो काम […]

अघिल्लो निर्वाचनमा नाउपाबाट रुपन्देही–१ मा उम्मेदवार बनेका धनिराम राप्रपा प्रवेश

गत प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ‘ढकिया’ चुनाव चिह्न लिएर रुपन्देही–१ मा उम्मेदवार बनेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। चुनावी अभियानका क्रममा रुपन्देही र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार चौधरीलाई पार्टीमा स्वागत गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । रुपन्देही–१ मा […]

रास्वपा नुवाकोटका नेता थापाले छाडे पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्णय सार्वजनिक गरेका हुन्। थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै गएको तथा नेतृत्व नीतिभन्दा ‘आशीर्वाद’का आधारमा चयन हुन थालेको आरोप लगाएका छन्। संगठन निर्माणमा सक्रिय कार्यकर्तालाई पाखा लगाउँदै पार्टी अलोकतान्त्रिक बन्दै गएको अवस्थामा बसिरहनु उचित नदेखिएको […]

रास्वपाले चुनाव भाँड्न खोज्यो, निर्वाचन बलजफ्ती गर्ने विषय होइन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव भाँड्ने र बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पछिल्ला केही दिनयताका घटनाक्रम हेर्दा रास्वपा हुलहुज्जत र अमर्यादित व्यवहारमा उत्रिएको दाबी गरेका हुन्। अध्यक्ष ओलीले रास्वपाले होहल्ला गर्ने र बलमिच्याइँ गर्ने काम गरिरहेको भन्दै तीव्र […]

सशस्त्र प्रहरी मुख्यालयबाट आज चुनावमा खटिए १६ सय बढी जनशक्ति

काठमाडाैं । सशस्त्र प्रहरी बल मुख्यालयबाट चुनावी सुरक्षाका लागि १ हजार ६ सय भन्दा बढी जनशक्ति खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट शुक्रबार देशका विभिन्न जिल्लामा जनशक्ति पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएकाे हाे ।यसैबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिनुभएको छ […]

रौतहट तनावग्रस्त: स्थिति नियन्त्रणमा लिन सेना र प्रहरीसहित ५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं। रौतहटको गौर नगरपालिका-६ सबगढवामा दुई समुदायबीच हिंसात्मक तनाव भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित गरिएकाे छ। बिहीबार राति एक हिन्दु समुदायको घरमा वैवाहिक कार्यक्रम भइरहेकाे लसमयमा बाजा बजाउने विषयमा केही व्यक्तिबीच विवाद भएसँगै अवस्था तनावपूर्ण बनेको हो । सेही घटनालाई लिएर शुक्रबार दुई समुदायबीच झडप समेत भएको छ । सबगढा गाउँमा बिहीबार राति […]

थाइल्याण्डबाट मलेसिया हुँदै ल्याइएको ११ किलो गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

थाइल्याण्डबाट मलेसिया हुँदै ल्याइएको गाँजासहित भारतीयहरू विमानस्थलमा पक्राउ परेका छन्। प्रहरीले शुक्रबार ११ किलो दुई सय ७० ग्राम गाँजासहित भारतीय नागरिकहरू समिरा मिर्जा, मोहम्मद जुनैद र अफसाना शेखलाई पक्राउ गरेको हो। उनीहरुमध्ये मिर्जा र जुनैदको साथबाट तीन किलो आठ सय ७० गाम र शेखको साथबाट सात किलो चार सय ग्राम गाँजा बरामद भएको विमानस्थल प्रहरीका […]

काठमाडौंको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ। आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ। गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो। हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ। एक्युआइका अनुसार मङ्गलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज […]