खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ। जिल्ला शिक्षा अधिकारी डा‍‍. गणेशप्रसाद भट्टराईसहित १३ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। हलेसी तुवाचुङ नगरपालिका-४ को लक्ष्मी माध्यामिक विद्यालयको भवन निर्माणमा ३० लाख बजेट निकासा भए पनि २ लाख ७२ हजार ३२८ हजार बराबरको मात्र काम […]

प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटेका छन्। उनीहरूबीच आइतबार थियानजिनमा भेटवार्ता भएको हो। भेटको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेका छन्। भेटबारे मोदीले लेखेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’ यसअघि प्रधानमन्त्री ओलीले शनिबार सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गरेका थिए।

पोखराको न्युरोडबाट सामसुङ प्लाजा सञ्चालन

पोखराको न्युरोडमा सामसुङ प्लाजा सञ्चालनमा आएको छ । आइतबार पोखरामा सामसुङको नेपालका लागि आधिकारीक विक्रेता हिम इलेक्ट्रोेनिक्स प्रालिले शाखा सञ्चालनमा ल्याएको हो ।कम्पनिकी निर्देशक सिमा गोल्छाले सामसुङका उत्पादनको बढ्दो मागलाई पुरा गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसुङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले प्लाजा खोलिएको बताइन् । महेन्द्रपुलमा १३ वर्षदेखि व्यापरा गर्दै आएका सामसुङ प्लाजाका सञ्चालक जनपुकार […]

परीक्षा केन्द्रमा बम राखेको हल्ला फैलाउने व्यक्ति पक्राउ

एक परीक्षा केन्द्रमा बम रहेको भनेर हल्ला फैलाएको आरोपमा एक जना पक्राउ परेका छन्। शुक्रबार कुलेश्वरको जनमैत्री माविमा बम राखिएको भन्दै अफवाह फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। महोत्तरी घर भई कीर्तिपुर बस्दै आएका ३८ वर्षीय जयरूद्र झा पक्राउ परेका हुन्। प्रहरीको कन्ट्रोल नम्बर […]

झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडि बढ्छ : मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताएका छन् । आज गृह जिल्ला बैतडीको मेलौलीमा गौरापर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा आपत्ति रहेको बताए । ‘नेपालसँग कुनै परामर्श नगरी नेपाली भूमिमा […]

अस्ट्रेलिया नेपाल चेम्बर अफ कमर्सले गर्यो बहुसांस्कृतिक केन्द्रलाई १० हजार अस्ट्रेलियन डलर सहयोग

नेपाली बहुउद्देश्यीय केन्द्रले आयोजना गरेको “सिड्नी आध्यात्मिक महोत्सव – २०२५” को अन्तिम दिनमा, अस्ट्रेलिया नेपाल चेम्बर अफ कमर्सले GSNMC Inc. (Global Spiritual and Nepali Meditation Centre) लाई १०,००० अस्ट्रेलियन डलरको सहयोग प्रदान गरेको छ, जुन चेमवर्सले CSR अन्तर्गत प्रदान गर्नेछ। चेम्बरका अध्यक्ष प्राध्यापक डिला खरेल, उपाध्यक्ष अनन्तराज घिसिङ, युवा अगुवा अभिबिन्द खनिया र मिडिया व्यक्तित्व […]

प्रधानमन्त्री ओलीले गरे चाउ सङ्ग्रहालयको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् ।  पाँच दिने चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् । त्यसअघि ओलीले चीनको जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेक छन् ।प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको […]

इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी

हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिएको दाबी गरेका छन्। इसराइलले यमनको राजधानी सनामा बिहीबार गरेको भीषण हवाई आक्रमणमा यमनी प्रधानमन्त्री गालिब र अन्य थुप्रै उच्च अधिकारी मारिएको हुथी विद्रोहीले दाबी गरेका छन्। प्रधानमन्त्री गालिब मारिएको दाबीसहित हुथीले इसराइलले यसको नराम्रो परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। […]

बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्तामा दुवै नेताहरूले आगामी दिनहरूमा परस्पर लाभदायक सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ । नेपाललाई निरन्तर सहयोग गर्न चिनियाँ राष्ट्रपति सीले वचनबद्धता जनाएका छन् । राष्ट्रपति सीले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघ तथा एससिओजस्ता बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । ‘राष्ट्रपति सीले नेपालका लागि चीनको […]

राजनीतिक प्रतिशोधमा मुद्दा चलाइयो : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । पतञ्जली प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको सन्दर्भ जोड्दै उनले राजनीतिक प्रतिशोधकै कारण आफूमाथि मुद्दा लगाइएको बताए । समाजवादी प्रेस संगठन, नेपालको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेपालले कानुनअनुसार नै तत्कालीन मन्त्रिपरिषद्ले पतञ्जलीलाई जग्गा दिने निर्णय गरेको स्पष्ट पारे । […]