टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० भन्दा बढी बालिका बेपत्ता

मुसलधारे वर्षाका कारण संयुक्त राज्य अमेरिकाको  दक्षिण-मध्य टेक्सासस्थति ग्वाडालुप नदीमा ठुलो बाढी आएको छ। यसबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ग्रीष्म शिविरबाट २० भन्दा बढी बालिकाहरू बेपत्ता भएका छन्, स्थानीय अधिकारीहरूले जनाएका छन्। अमेरिकी राष्ट्रिय मौसम सेवाले बिहीबार केर काउन्टीका केही भागहरूका लागि बाढीको आपत्कालीन अवस्था घोषणा गरेको छ। यो केर काउन्टी दक्षिण-मध्य […]

वीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन रोक

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो । कार्यालयद्वारा शुक्रबार जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले […]

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ सटही दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा थियो। युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ […]

यी चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले शनिबार बिहान कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरिहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी […]

प्रधान सेनापतिद्वारा उपरथी खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

उपरथी दर्जामा पदोन्नति भएका रविन्द्र खत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । शुक्रबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । आषाढ १३ गतेको निर्णयाअनुसार पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आँपको मूल्य बढ्यो, कति पुग्यो किलोको?

बजारमा आँपको मूल्य बढेको छ। मागभन्दा अनुसार आँपको आपूर्ति नहुँदा मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए। ‘बजारमा आँप धेरै एकदमै कम छ। त्यसैले मूल्य बढेको हो,’ उनले भने। उनका अनुसार अहिले बजारमा आँप प्रतिथोक मूल्य ८५ देखि ९० रूपैयाँमा कारोबार भइरहेको छ। आँपको मूल्य बढेको दुई दिन भयो। यसअघि […]

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती  सुरु गरिएको हो । बजार मूल्य र माग राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन गरी किसानको आर्थिकस्तर उकास्नका लागि अभियानले ठुलो महत्त्व […]

भारतबाट नेपाल आउनेले पाँच हजार अमेरिकी डलर बराबरको रकम बोक्न पाउने

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबरको रकम ल्याउन सक्ने व्यवस्था रहेको जानकारी दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले भन्सारमा घोषणा नगरी पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै थप रकम ल्याउन चाहेमा भन्सारमा […]

एक वर्षमै चार लाखभन्दा बढी सिप्लिकानका बिरुवा बिक्री

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ स्थित एक्ले खेतमा ॐ कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै रु चार लाख ५० हजारको सिप्लिकानका बिरुवा बिक्री गरेका छन् । विशेषगरी पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ, तर खनालले भने विगत पाँच वर्षयता यसको व्यावसायिक खेती गरी आम्दानी गरिरहेका […]

हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् । खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन् । दुई […]