भुटानविरुद्ध पूर्णिमा र मीनालाई अग्रपङ्क्तिको जिम्मेवारी

एएफसी यू–२० महिला एसिया कप छनोट २०२५ को पहिलो खेलमा केही समयपछि नेपाल र भुटान खेल्दैछन्। भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा हुने खेलको लागि प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो एघार सार्वजनिक गरेका छन्। उनले यसअघि साफ यू–२० च्याम्पियनसिप खेलेका खेलाडीलाई अवसर दिएका छन्। साफमा नेपाल उपविजेता भएको थियो। निर्णायक खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल लगातार उपाधि जित्नबाट […]
अब आँखा उपचार वडा नं ८ मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नयाँबजारमा

पोखरा, साउन २१ – पोखरा महानगरपालिका वडा नं. ८ मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नयाँबजार र दृष्टि आँखा अस्पतालबीच एक महत्त्वपूर्ण सम्झौता भएको छ। दुई संस्थाबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब उक्त शहरी स्वास्थ्य केन्द्रमा आँखा स्वास्थ्य सेवा सुरु हुने भएको छ। यो सेवा सुरु भएसँगै पोखराको मुटुमा रहेका स्थानीय बासिन्दाहरूले आफ्नो घर […]
बहुविवाह र विवाहको उमेरसम्बन्धी व्यवस्था परिमार्जन गर्न उपसमिति गठन

गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चाँसो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधेयक समितिले कानुन परिमार्जन गर्ने बताएका छन्। मंगलबार बिहान सिंहदवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले बहुविवाह सम्बन्धी व्यवस्था र विवाहको उमेर सम्बन्धी व्यवस्था परिमार्जन गर्न विधेयक समितिमै उपसमिति बनाएको जानकारी दिए। यसैगरी अग्रिम जमानत सम्बन्धी […]
सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ

सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । शर्मिला वाइबालाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरे । प्रहरीले उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरेको हो । स्रोतका अनुसार, उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको […]
“कार्बन तटस्थ ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणमा महानगर प्रतिबद्ध छ : मेयर आचार्य”

पोखरा, २० श्रावण । पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मङ्गलवार सार्वजनिक गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले वि.स २१०० सम्ममा “समुन्नत पर्यटकीय पोखरा” निर्माणको लक्ष्य […]
रुपन्देही-३ को उपनिर्वाचन तयारीबारे रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दिउँसो ३ बजे बोलाइएको छ । समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही-३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुनेछ । यसका साथै सुदूरपश्चिम […]
सिद्धबाबानजिकै पहिरो झरेपछि अवरूद्ध भयो बुटवल–पाल्पा सडक

अविरल वर्षापछि झरेको पहिरोको कारण बुटवल–पाल्पा सडक खण्ड पूर्णरूपमा बन्द भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत् तिनाउ गाउँपालिका वडा नम्बर–३ सिद्धबाबा मन्दिरनजिक पहिरो झरेको प्रहरीले जनाएको छ। आइतबारदेखि परेको अविरल वर्षापछि सिद्धबाबा खण्डमा दुई–तीन ठाउँमा पहिरो खसेको प्रहरीले बताएको छ। पहिरो झरेपछि सोमबार रातिदेखि नै सवारी साधनहरू आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरी चौकी दोभानले जानकारी दिएको […]
संघीय संसद्का दुई समितिको बैठक बस्दै

संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दै छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुनेछ। त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा पुरानै एजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने संघीय संसद्का सचिवालयले […]
कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई मेयर आचार्यको बधाई सन्देश

पोखरा, — राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्णभएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थीको ग्रेड नभएको (ननग्रेड) देखिएको छ। यसै सन्दर्भमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “तपाईंहरूको कठिन परिश्रम, समर्पण र धैर्यको फलस्वरूप प्राप्त यो […]
बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । आइतबार साँझ पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गरेलगत्तै उनी काठमाडौं प्रस्थान गरेका छन् । उनले राजीनामापत्र प्रदेश प्रमुखलाई बुझाउने जिम्मा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई दिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा स्वास्थ्य उपचारका लागि काठमाडौं रहेकाले सोमबार मात्र राजीनामा बुझाइने मुख्यमन्त्री लामाले बताए । ‘मैले राजीनामापत्रमा […]