सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानबिन पुनः गर्न जरुरी रहेको बताए । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानबिन […]

रुसी तेल बेचेर नाफा कमाइरहेको छ भारत

भारतले रुसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाइरहेको आरोप अमेरिकाले लगाएको छ । मंगलबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो आरोप लगाएका हुन् । रुसको कच्चा तेल किन्न बन्द नगरेको भन्दै ट्रम्प प्रशासनले भारतबाट आउने सामानमा अमेरिकी भन्सार महसुल बढाएर ५० प्रतिशतमा पुर्‍याउने निर्णय गरेकै समयमा बेसान्टको यो टिप्पणी आएको हो । […]

आज यी क्षेत्रहरुमा भारी वर्षातको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ जसको प्रभावले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै […]

भदौं ५ गते गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता

एपोलो पेन्ट्स पिजेन्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुने भएको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवम् प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भदौं ५ गते पोखरामा आठौं संस्करणको कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो । प्रदेशका ९ जिल्लाबाट कृषि ज्ञान केन्द्रले छनोट गरेर पठाएका […]

विपिन जोशीका आमा र बहिनीका पीडामा सँगै रोयो तेल अभिभ सहर कृष्णपक्ष थापाकृष्णपक्ष थापा मङ्गलबार, ०३ भदौ २०८२, १

इजरायलको तेल अभिभ सहरको मुटुमा रहेको तेल अभिभ आर्ट म्युजियमको परिसरमा कुनै समय सिर्जनात्मक कला प्रदर्शनी हुन्थ्यो । पछिल्लो दुई वर्षदेखि भने यहाँ प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरेर लगेकाहरुका आफन्त र अन्य शान्तिप्रेमी नागरिकको उपस्थिति बढी हुन्छ । उनीहरुले बन्धकको रिहाइका लागि दबाबमूलक कार्यक्रम, विरोध र प्रदर्शन गर्छन् ।अहिले यो चोकको नाम ‘किकार खतुफिम’ […]

मुसलधारे वर्षाले मुम्बईको जनजीवन प्रभावित, शैक्षिक संस्था र सरकारी कार्यालयहरू बन्द

मुसलधारे वर्षाका कारण मुम्बईको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले जारी गरेको वर्षासम्बन्धी चेतावनीको सन्दर्भमा बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले मंगलबार सबै सरकारी र अर्धसरकारी कार्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । बीएमसीले मुम्बईका सबै निजी संस्थालाई कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन अपिल गरेको छ । आईएमडीले मंगलबार मुम्बई र वरपरका क्षेत्रहरूमा वर्षाको […]

हिमालदेखि महासागरसम्म सबैले स्वच्छ हावामा श्वास फेर्ने वातावरणको निर्माण गरौँ : उपाध्यक्ष घिमिरे

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले साझा एजेन्डा बनाइ जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताएकी छन् ।हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौँमा सम्बोधन गर्दै घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका मूलकहरूको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतीका विषयहरू सबैका साझा मुद्दा रहेको भन्दै यसबारे लड्न सबै मिल्नुपर्ने जरुरी रहेको बताएकी हुन् । हिन्दुकुश हिमालय […]

माओवादीको पदाधिकारी बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक, नेताहरूको कार्याविभाजन, जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ ।

पोखरामा एच.ए. र फार्मेसी कक्षा पुन सुचारु हुने, मेयर आचार्यको पहलमा सम्भव

पोखरा महानगरपालिका अन्तर्गत सञ्चालन हुँदै आएको गण्डकी बहु-प्राविधिक शिक्षालयमा एच.ए. (हेल्थ असिस्टेन्ट) र फार्मेसी कक्षा पुनः सुचारु हुने भएको छ। पछिल्ला दिनहरूमा देखिएको अन्योलता र केही अनधिकृत गतिविधिहरूका कारण कार्यक्रम स्थगित हुने चर्चा भएपनि, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सक्रिय पहलपछि उक्त अध्ययन कार्यक्रम निरन्तरता पाउने भएको हो। सीटीईभीटी (CTEVT) भित्र देखिएको प्रशासनिक अन्योलता र […]

आज राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो १ः१५ बजे बस्दैछ। आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक […]