चिर्पट प्रहार गरी श्रीमानको हत्या

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो । यसबारे खबर प्राप्त हुनासाथ […]

खुल्यो बीपी राजमार्ग

अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीले अनलाइनखबरलाई जानकारी दिए । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए […]

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा (आइएससी)सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए। भेटमा मलेसियाली सांसदहरू […]

राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद परियारले भने, ‘जातीय विभेद छैन भन्दै सत्यलाई लुकाउन खोजिएको छ । हामी दिउँसै रात पार्न खोजेका छौँ । सत्यबाट भाग्न खोजिरहेका छौँ ।’ सांसद परियारले विभेद छैन भनेपछि न्याय दिन पर्दैन […]

जनमत पार्टीकी सांसदले दिइन् राजीनामा

लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीको सांसद गीता गुरुङले राजीनामा दिएकी छिन् । पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै उनले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी  छिन् । उनले प्रदेश सभाका सभामुखसमक्ष दिएको राजीनामा पत्रमा भनेकी छिन्-‘देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय […]

तोलामा २ हजार घट्यो सुन

नेपालमा सुनको मूल्य दुई दिनमा ५ हजार ७ सय रुपैयाँले घटेको छ र अहिले प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा पुगेको छ। सुनको भाउमा आएको गिरावटसँगै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १९७० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको नयाँ मूल्य तोकेको छ।सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ […]

सि.इ.पी.कास्कीद्धारा शिक्षक अभिमूखीकरण कार्यक्रम सम्पन्न

सि.इ.पी.कास्कीद्धारा शिक्षक अभिमूखीकरण कार्यक्रम सम्पन्न कोल्याबोरेटीभ एजुकेसनल पार्टनरसिप (सि.इ.पी.) कास्कीले आँफु अन्तर्गतका १८ ओटा संस्थागत विद्यालयहरुका अंग्रेजी शिक्षक–शिक्षिकाहरुलाई एक दिने अभिमूखीकरण कार्यक्रम सोमबारका दिन सम्पन्न गरेको छ । उक्त अभिमूखीकरण कार्यक्रममा शिक्षक–शिक्षिकाहरु बिच अंग्रेजी पाठ्यक्रम, यसका उद्देश्यहरु, बिद्यार्थी मूल्यांकनका आधार तथा विश्वसनियताहरु, शिक्षण कार्यशाला, शिक्षण सिकाई प्रकृया तथा सामाग्रीहरुका साथै प्रश्नोत्तर कार्यक्रम जस्ता महत्वपूर्ण विषय–वस्तुहरुलाई […]

आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारको मूल्य घट्यो, बहराइन दिनार महँगियो

पोखरा, ३० बैशाख २०८२।नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहितका केही मुद्राको विनियमदर स्थिर रहँदा बहराइन दिनारसहितका केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको मूल्य भने घटेको छ। यी मुद्राको विनियमदर हिजो बढेको थियो। आज अमेरिकी डलर १ को […]

भारतले खोल्यो सबै विमानस्थल

भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच बढेको तनावबीच मे ७ मा भारतले आफ्ना ३२ वटा विमानस्थल बन्द गरेको थियो । ती विमानस्थलहरू मे १५ को बिहान ५ः२९ बजेसम्म अस्थायी रूपमा बन्द भनिएको थियो । तर, दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय […]

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू

प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ । विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित २२औँ सवा लाख रोट महोत्सव सुरु भएको हो । रोटलाई गुरु गोरखानाथको मन पर्ने खाद्य परिकारका रूपमा लिइन्छ । एघार दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमका अवसरमा […]