सुदूरको बाटो, आमाको आस

सुदूरपश्चिम र कर्णालीको अवलोकन भ्रमणमा निस्किएको त्यो यात्रा आज पनि मेरो मनको गहिरो कुनामा जस्ताको त्यस्तै जीवित छ । समय बित्यो, ऋतु फेरिए, अनेक यात्राहरू गरिए, तर त्यो यात्रामा भेटिएकी एउटी आमाको करुण आवाज अझै कानमा गुन्जिरहन्छ । ‘हजुर, मेरी छोरी लिएर गइदिनु न… ।’ त्यो वाक्य केवल एउटा अनुरोध थिएन, त्यो त अभावले थिचिएको […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३२, आलु रातो (गोलो) प्रतिकिलो रु २८ […]

पार्टी जागरण अभियानमार्फत गाउँ पस्दै एमाले

आसन्न स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले ‘पार्टी जागरण अभियान’सुरु गरेको छ । नेताहरूलाई भूगोलमा केन्द्रित गर्न यस्तो अभियान सञ्चालन गरिएको हो । खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ । आसन्न स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै […]

बजेटमा उत्पादन र निजी क्षेत्र प्राथमिकतामा परेकोमा उद्योगी खुसी

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले शिथिल बनेको निजी क्षेत्रको मनोबल उकास्ने प्रयास गरेको भन्दै कोशी प्रदेशका उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेषगरी औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा गरिएको फरक, कर प्रणालीमा सुधार र स्टार्टअपलाई प्रोत्साहन गर्ने नीतिले उद्योगीहरूमा आशा जगाएको हो । सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार दुवै सदनको संयुक्त […]

घटेको पूर्वाधार बजेटमा समेटिएका यी हुन् आयोजना

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूर्वाधार विकास मन्त्रालयको बजेटमा केही कटौती गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटमा यस मन्त्रालयका लागि कुल ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ, यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ३९ करोड ९४ लाख […]

बजेटप्रति जनार्दन शर्माको सकारात्मक प्रतिक्रिया, कार्यान्वयन मुख्य चुनौती

 प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बालेन शाह नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३८४ का लागि प्रस्तुत गरेको बजेटलाई “समग्र रूपमा सकारात्मक र आशावादी” भन्दै स्वागत गरेका छन्। शुक्रबार शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शर्माले बजेटले नीतिगत तथा कानुनी सुधारमार्फत कार्यसम्पादन सहज बनाउने उद्देश्य राखेको उल्लेख गर्दै औद्योगिक […]

सरकारले ल्याएकाे बजेटमा यस्ताे छ निजी क्षेत्रकाे धारणा

निजी क्षेत्रले सरकारले ल्याएको बजेटमा आफूहरूले उठाएका धेरै विषयहरू सम्बोधन भएको बताएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि उनीहरुले सरकारले ल्याएको बजेटबाट आफूहरू उत्साहित भएको भन्दै अर्थतन्त्र चलायमान हुने विश्वास समेत व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले निरन्तर उठाउँदै आएका धेरै विषयहरू सम्बोधन […]

संघीय बजेटमा यसरी समेटियो बागमती प्रदेश

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्व ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । संघ सरकारले आगामी आर्थिक वर्षमा बजेटमार्फत बागमती प्रदेशका १३ जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने लक्ष्यका साथ अघि बढेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटमा काठमाडौं उपत्यकालाई आधुनिक सहरका रूपमा विकास गर्न ‘भिजन २०४०’ को योजना […]

मधेस सरकारको नीति तथा कार्यक्रममा नारैनारा

 मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न नारा समेटेको छ । प्रदेशको समृद्धिका लागि तय गरिएका योजनालाई विभिन्न २० नारामार्फत सजाइएको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभामा प्रस्तुत गरेको ‘मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम’मा प्रदेशको विशिष्ट पहिचान, भौगोलिक अवस्थिति तथा जनसाङ्ख्यिक लाभको समुचित उपयोग गर्दै समृत मधेस […]

किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रपति पौडेलले कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार  आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। ‘किसानको मुस्कानमा राष्ट्रको खुशी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता […]