मेयर थापा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । १६ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार आंशिक ठहरको फैसला सुनाएको छ । उनीविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू […]
मेयर आचार्यको पहल: पोखरामा अब स्वास्थ्य केन्द्रबाटै आँखा जाँच र बीमा, नागरिकलाई ठूलो राहत

पोखरा महानगरपालिकाले आफ्ना नागरिकलाई सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एक महत्वपूर्ण कदम चालेको छ। महानगरले अब स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाटै आँखा जाँच र स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निर्देशनमा नयाँबजारस्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट औपचारिक रुपमा कार्यक्रमको गरिएको छ। मेयर आचार्यले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन […]
‘लिचीबारी जग्गा प्रकरणमा मधेशी मूलको मन्त्रीलाई हटाइयो, बांगो जस्ताको त्यस्तै’ : माधव सापकोटा

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार पूर्णत: असफल भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाए । उनले सरकार गठनको उद्देश्यअनुसार संविधान संशोधन प्रक्रिया नथालेको, समन्वय नगरेको र सुशासन प्रवर्द्धनमा असफल भएको आरोप लगाए । उनले पोखराको […]
पोखराबाट स्याङ्जा जादै गरेका गायक पशुपति शर्मा सवार कार दुर्घटना

चर्चित लोकदोहोरी गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको जानकारी दिएका छन् ।उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो । […]
भुटानविरुद्ध पूर्णिमा र मीनालाई अग्रपङ्क्तिको जिम्मेवारी

एएफसी यू–२० महिला एसिया कप छनोट २०२५ को पहिलो खेलमा केही समयपछि नेपाल र भुटान खेल्दैछन्। भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा हुने खेलको लागि प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो एघार सार्वजनिक गरेका छन्। उनले यसअघि साफ यू–२० च्याम्पियनसिप खेलेका खेलाडीलाई अवसर दिएका छन्। साफमा नेपाल उपविजेता भएको थियो। निर्णायक खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल लगातार उपाधि जित्नबाट […]
अब आँखा उपचार वडा नं ८ मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नयाँबजारमा

पोखरा, साउन २१ – पोखरा महानगरपालिका वडा नं. ८ मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नयाँबजार र दृष्टि आँखा अस्पतालबीच एक महत्त्वपूर्ण सम्झौता भएको छ। दुई संस्थाबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब उक्त शहरी स्वास्थ्य केन्द्रमा आँखा स्वास्थ्य सेवा सुरु हुने भएको छ। यो सेवा सुरु भएसँगै पोखराको मुटुमा रहेका स्थानीय बासिन्दाहरूले आफ्नो घर […]
बहुविवाह र विवाहको उमेरसम्बन्धी व्यवस्था परिमार्जन गर्न उपसमिति गठन

गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चाँसो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधेयक समितिले कानुन परिमार्जन गर्ने बताएका छन्। मंगलबार बिहान सिंहदवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले बहुविवाह सम्बन्धी व्यवस्था र विवाहको उमेर सम्बन्धी व्यवस्था परिमार्जन गर्न विधेयक समितिमै उपसमिति बनाएको जानकारी दिए। यसैगरी अग्रिम जमानत सम्बन्धी […]
सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ

सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । शर्मिला वाइबालाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरे । प्रहरीले उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरेको हो । स्रोतका अनुसार, उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको […]
“कार्बन तटस्थ ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणमा महानगर प्रतिबद्ध छ : मेयर आचार्य”

पोखरा, २० श्रावण । पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मङ्गलवार सार्वजनिक गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले वि.स २१०० सम्ममा “समुन्नत पर्यटकीय पोखरा” निर्माणको लक्ष्य […]
रुपन्देही-३ को उपनिर्वाचन तयारीबारे रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दिउँसो ३ बजे बोलाइएको छ । समसामयिक राजनैतिक एवं पार्टी गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकमा रुपन्देहीमा बसेको संसदीय दलको बैठकको अपडेट, रुपन्देही-३ उपनिर्वाचन तयारी र दल दर्ताबारे छलफल हुनेछ । यसका साथै सुदूरपश्चिम […]