पूर्व-प्रधानमन्त्री सबै जनालाई सक्रिय राजनीतिबाट बिदा गराैं: रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले पूर्व-प्रधानमन्त्री सबैलाई सक्रिय राजनीतिबाट बिदा गर्नुपर्ने उहाँले जाेड दिनुभएकाे छ। उहाँले बिहीबार दिउँसाे सामाजिक सञ्जालमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने माग समेत गर्नुभएकाे हाे ।राष्ट्रपति पौडेललाई नयाँ सरकार गठनमा भूमिका विहीन बनाइएको भन्दै आवाज उठ्न थालेकाे उहाँकाे भनाइ छ । राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठनको आवश्यकता रहेको उहाँकाे तर्क रहेकाे […]
विभिन्न कारागारबाट भागेकामध्ये १६६ कैदीबन्दी मकवानपुर प्रहरीको नियन्त्रणमा

२४ भदौमा ‘जेन–जी’ आन्दोलनपछि देशका विभिन्न कारागारबाट भागेकामध्ये १६६ कैदीबन्दीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त परिचालनमा हालसम्म १६६ कैदीबन्दीलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका ४४० कैदीबन्दीमध्ये ७८ जना पक्राउ परेका छन्। एक हजार ६६ जना […]
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् । टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो । उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ । जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि […]
चितवन कारागारबाट फरार तीन जना कैदी बेलहियाबाट पक्राउ

चितवन कारागारबाट फरार तीन जना भारतीय कैदी पक्राउ परेका छन्। कारागारबाट भागेर रूपन्देहीको बेलहिया हुँदै भारत जान लागेका उनीहरू रुपन्देही प्रहरीको नियन्त्रणमा रहेका छन्। पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश संबल जिल्ला कोइलादेबी थाना बस्ने वर्ष ४१ को राज पाल, सोही जिल्ला बैजी थाना बस्ने वर्ष ४८ को अनिल गिरी र हरियाणा नगिना थाना बस्ने वर्ष […]
आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालयले आगामी आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ। आज बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हाे। आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ […]
जंगीअड्डामा राष्ट्रपति, सेना र जेनजीबीच निर्णायक वार्ता हुँदै

नेपालमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली सेनाको सक्रिय समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र ‘जेनजी’ युवा प्रतिनिधिहरूबीच आज महत्वपूर्ण वार्ता हुँदैछ । यो छलफलले अन्तरिम सरकार गठनको प्रक्रियालाई औपचारिकता दिने अपेक्षा गरिएको छ । अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा जेनजी प्रतिनिधिहरूले सहमति जुटाइसकेका छन् । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति […]
संविधान जोगाउन माइतीघरमा प्रदर्शनको आह्वान

‘सेभ आवर कन्स्टिट्युशन’ नामक समूहले संविधान जोगाउन भन्दै बिहीबार (आज) बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने भएको छ। समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो। यसअघि सोमबार र मंगलबार जेनजी समूहले भ्रष्टाचार र विसङ्गतविरुद्ध देशव्यापी आन्दोलन गरेको थियो। सो आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने जेनजीहरुले […]
कारागारबाट भागेको भोलिपल्टै अपराधमा

जेनजी आन्दोलनका क्रममा कञ्चनपुरबाट भागेका एक कैदीबन्दी फेरि अपराधमा लागेका छन्। भागेको भोलिपल्टै दोधाराचाँदनी नगरपालिका–१ का स्थानीय ३५ वर्षीय दीपक सुनार अर्को अपराधमा संलग्न भएका हुन्। सुनारले बुधबार दिउँसो मदिरा सेवन गरेको अवस्थामा दोधाराचाँदनीकी ५० वर्षीया महिलामाथि जबरजस्तीकरण गर्न खोजेका थिए। खाना खाएर सुतेकी ति महिलालाई जबर्जस्त गर्न खोजेपछि महिला चिच्याउँदा त्यहाँबाट भागेका सुनारलाई स्थानीयहरुले […]
नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन

चीनले नेपालमा देखिएको राजनीतिक तथा सामाजिक अस्थिरता छिट्टै समाधान हुने आशा प्रकट गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले आज नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। हामी आशा गर्छौं, नेपालका विभिन्न पक्षहरूले घरेलु समस्याहरूलाई उचित ढंगले समाधान गरी देशमा छिट्टै शान्ति, स्थिरता र कानुनको शासन पुनःस्थापना गर्नेछन्।’
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ। सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ। सात कैदीबन्दी घाइते भएका छन्। घाइते हुनेहरु सबै पुरुष छन्। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो। घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात […]