एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन
। मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रूपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्ने वृद्धि हुँदै गइरहेको संस्थाका […]
विश्वकपका लागि नेपाली टोलीको तयारी सन्तोषजनक : कप्तान पौडेल
– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकपका लागि टिमको तयारी सन्तोषजनक रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँगको भिडियो संवादमा उनले अभ्यास, टिम संयोजन र खेलाडीहरूको मनोबल सबै सकारात्मक रहेको उल्लेख गरे। कप्तान पौडेलका अनुसार टिमले आगामी दिनहरूमा थप अभ्यास खेल खेल्दै तयारीलाई अझ धारिलो बनाउनेछ। “तयारी राम्रो भइरहेको छ। अभ्यास खेल बाँकी […]
निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोक्यो
। निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको बताउनुभएके हो । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिएको उहाँको भनाइ छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य […]
मधेशसहित ७ वटै प्रदेशमा आज दिउँसोदेखि वर्षा र हिमपात हुँदै
। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। त्यस्तै, बुधबार दिउँसो भने देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णतया बादल लाग्ने भएको हो । बाँकी पहाडी र तराईका भू-भागमा […]
न्याय र समानताका लागि कहिल्यै सम्झौता नगर्ने गोपाल गिरि: जनताको नयाँ भरोसा

पोखरा,अथक संघर्ष, निरन्तर त्याग र नथाक्ने राजनीतिक यात्राका प्रतीक हुन गोपाल गिरी । कम्युनिस्ट आन्दोलनको भुइँ तहदेखि उठ्दै आज संसदीय उम्मेदवारसम्मको यात्रामा उनी कहिल्यै विचलित भएनन्, न झुके, न थाके । पुष्पकमल सुवेदीलगायतका युवाहरूले गठन गरेको माले क्रान्तिकारी कम्युनिस्ट दलको ‘रेड गार्ड’ मा आबद्ध हुँदै गोपाल गिरीको राजनीतिक यात्रा सुरु भएको हो । त्यसै क्रममा […]
रास्वपासँग एकता गरेर पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनैपनि दलसँग विलय हुन नदिइने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताउनुभयो । […]
प्रतिनिधिसभा निर्वाचन : जिम्मेवारी विधि निर्माणको, आश्वासन विकास निर्माणको !
काठमाडौँ- सङ्घीय संसद् मुलुकको सर्वाेच्च जनप्रतिनिमूलक र नागरिक सार्वभौमसत्ताको प्रयोग गर्ने थलो हो । संविधानअनुसार नागरिकका प्रतिनिधिबाट निश्चित अवधिका लागि चुनिने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग क्षेत्रगतरूपमा विकासका काम गर्ने जिम्मेवारी हुँदैन । सांसदको मुख्य जिम्मेवारी मूलतः, कानुन निर्माण, सरकार गठन तथा बजेटमाथि छलफल र पारित गर्नु हो । यस्तै सरकारको नीति तथा कार्यक्रममाथि छलफल र पारित, […]
उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी
काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले उधारो अचार खाएर पैसा नतिरेको गुनासो गरेकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो मेहनतेको पारिश्रमिक नपाएको दुखेसो गरेकी हुन् । उनले लेखेकी छिन्, ‘अचार यति धेरै उधारो जाला र उधारो लगेकाले पैसा तिर्नुको साटो सम्बन्धै बिगार्लान् भने मैले सोचेकै थिएन । क–कसले फोन उठाउन छोड्नु भयो नाम र फोन नम्बर […]
निर्वाचन प्रचारकै बेला रविले ठाउँको ठाउँ कारबाही गरेका ढाका हर्कको पार्टीमा
काठमाडौं– विवादीत भएपछि प्रतिनिधि सभाको सदस्य पदबाट नै रास्वपाले कारबाही गरेका ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। अघिल्लो पटक भएको प्रतिनिधि सभाको उप निर्वाचनका क्रममा दुर्गा प्रसाईंले दुई करोड मागेको अडिओ बाहिर ल्याएपछि रास्वपा सभापति रवि लामिछाने बारामा रहेका बेला नै ठाउँको ठाउँ कारबाही गरेका थिए। उनै ढाका अहिले हर्कको पार्टीमा […]
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास (एलएनजी)दुवैको रूसी आयातलाई चरणबद्ध रूपमा हटाउने कानून स्वीकृत गरेका छन् । ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै नयाँ नियमहरूमा ऊर्जा आपूर्तिको प्रभावकारी अनुगमन र विविधीकरणका उपायहरू पनि समावेश गरिएको उल्लेख गरेको छ । नयाँ कानून अनुसार युरोपेली युनियनमा रूसी पाइपलाइन […]