बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता

प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्तामा दुवै नेताहरूले आगामी दिनहरूमा परस्पर लाभदायक सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ । नेपाललाई निरन्तर सहयोग गर्न चिनियाँ राष्ट्रपति सीले वचनबद्धता जनाएका छन् । राष्ट्रपति सीले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघ तथा एससिओजस्ता बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । ‘राष्ट्रपति सीले नेपालका लागि चीनको […]

राजनीतिक प्रतिशोधमा मुद्दा चलाइयो : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । पतञ्जली प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको सन्दर्भ जोड्दै उनले राजनीतिक प्रतिशोधकै कारण आफूमाथि मुद्दा लगाइएको बताए । समाजवादी प्रेस संगठन, नेपालको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रलाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेपालले कानुनअनुसार नै तत्कालीन मन्त्रिपरिषद्ले पतञ्जलीलाई जग्गा दिने निर्णय गरेको स्पष्ट पारे । […]

एमबिबिएस पढ्न चीन गएका सुनिल मल व्यवसायमा जम्दै

हेल्थ असिस्टेन्ट (एचए) पास गरेर केही समय काम गरेपछि सुनिल कुमार साह एमबिबिएस पढ्न सन् २०१३ मा चीन गए। चीनमा नेपाली रूद्राक्ष बिक्री हुन्छ भन्ने थाहा पाएपछि सन् २०१४ मा पहिलो पटक २०/२५ किलो रूद्राक्ष मगाए अनि सडकमै राखेर बेचे पनि। एक पटक, दुई पटक गर्दै धेरै पटक रूद्राक्ष लगेर बेचेपछि उनलाई अरू काम गर्न हिम्मत आयो। ‘चीनमा विदेशीलाई […]

अरब सागरबाट बढ्यो जलवाष्पयुक्त हावाको प्रवाह, यी स्थानमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको बताएको छ। जसका प्रभावले आज देशको विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। महाशाखाले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) भने सरदर स्थानको आसपासमा नै बताएको छ। आइतबार देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू […]

लुना लुँइटेल बनिन् ‘मिस नेपाल २०२५’

लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै लुना मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज पहिराएकी थिइन् । यस्तै, मिस नेपाल अर्थ सोनी घले भइन् । मिस नेपाल इन्टरनेसनको ताज भने उरूषा भण्डारीले जितिन् […]

पोखरामा ‘राष्ट्रिय घर निर्माण फेस्ट २०८२’ सम्पन्न: ६ हजारभन्दा बढी दर्शकको सहभागिता

पोखरा,  – घर निर्माणसम्बन्धी सम्पूर्ण जानकारी एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले पोखरामा आयोजित ‘राष्ट्रिय घर निर्माण फेस्ट २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ। पोखराको अमरसिंह चौरमा भदौ १४ र १५ गते दुई दिनसम्म चलेको यो फेस्ट स्किल सेवा नामक संस्थाले आयोजना गरेको हो। पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको यस फेस्टमा अनुमानित ५ हजार दर्शकको अपेक्षा […]

गण्डकीबाट प्रतिनिधित्व गर्ने युवा संघ नेपाल आयोजक कमिटी सदस्यहरूको बैठक सम्पन्न

युवा संघ नेपाल नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने आयोजक कमिटी सदस्यहरूको बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रदेश कमिटी इन्चार्ज सुष्मा कट्टेलले गर्नुभएको थियो भने पार्टी केन्द्रीय कमिटीका सचिव श्रीनाथ बराल, दिलु पन्त, कृष्ण नेपाली, धर्म शाही, ठाकुर प्रसाद शर्मा, खड्ग हमाल, बिराज हमाल, विवेक भुजेललगायत नेताहरूको उपस्थिति रहेको थियो। बैठकले […]

साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

गत असार २४ बिहान ३  बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे। त्यो दिन विसं २०७२ वैशाख १२ गतेको भूकम्प बिर्साउने गरी त्यस क्षेत्रको जमिनमा कम्पन पैदा भएको थियो। उनले फेरि भूकम्प गयो भन्ने सोँचे। यी कुरा मनमा खेलाउन नपाउँदै खोला गडगडाएको सुनियो। ‘बेस्सरी जमिन हल्लाइरहेको थियो, मैले त […]

गौरा पर्व : सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् ।साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ । यस क्षेत्रमा प्राचीन […]

महानगर प्रहरीको काम देख्दा हलिउड सिनेमा हेरेजस्तो लाग्छ: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने बताएका छन्। ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको बताएका हुन्। ‘सानोमा हामी हलिउड फिल्महरु हेर्थ्यौं। त्यसमा न्यूयोर्क सिटी पुलिसको काम हेर्दाखेरी देशका सिटी पुलिस कस्तो […]