धनुषा- ३ बाट जुलीकुमारी महतोकाे उम्मेदवारी दर्ता

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा नेकपा एमालेबाट जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेका नेता कार्यकर्ताका साथै बाजागाजा सहित पुगेकी महतोले धनुषा ३बाट उम्मेदवारी दर्ता गराउनु भएको हो । एमालेले मुलुक भरी चलाएको समृद्धि तथा विकासको अभियान पूरा गर्न बाँकी रहेकैले आफूहरु चुनावमा होमिएको उम्मेदवारी दर्तापछि महतोले बताउनुभयो । उहाँले समृद्ध […]

रेशम चौधरीद्वारा कैलाली- १ बाट उमेदवारी दर्ता

काठमाडौं । रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर- १ बाट उमेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उमेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगले मंगलबार उमेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ । जसअनुसार आज मुलुकभर उमेदावरी दर्ता भइरहेको छ ।

काठमाडौँ– ४ बाट ८७ वर्षीय आचार्यले गराए उम्मेदवारी दर्ता

 काठमाडौँ क्षेत्र नम्बर ४ मा ८७ वर्षीय मानदेव आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय चपली पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । आज आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम छ ।

कञ्चनपुर-३ मा रमेश लेखकले पाएनन् टिकट, हरि बोहरालाई काँग्रेसले बनायो उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेसले कञ्चनपुर-३ मा हरि बोहरालाई अघि सारेको छ । यहाँबाट ७९ मा पूर्वगृहमन्त्रीसमेत रहेका रमेश लेखकले जितेका थिए । उनले अहिले टिकट पाएनन् । उम्मेदवार बनाइएका बोहरा पूर्व जिल्ला सभापति हुन् ।

रास्वपाका वरिष्ठ नेता बालेनले झापा-५ बाट गरे उम्मेदवारी दर्ता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रतिनिधिसभा निर्वाचनका लागि झापा -५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताउनुभयो । […]

सुनचाँदीको मूल्य आज पनि हालसम्मकै उच्च बिन्दुमा

काठमाडाैं। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही दिन सुन प्रतितोला २ लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँ पुगेको […]

अमरेशकुमार सिंह रास्वपा प्रवेश

 अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सोमबार जनकपुरधाममा भएको रास्वपा चूनावीसभाका क्रममा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह लगायत नेताहरूले सिंहलाई रास्वपा प्रवेश गराएका हुन् । रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे । उनले आफू कुनै पदका लागि नै […]

बामदेव र झलनाथ खनाल चुनाव नलड्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम यो पटकको निर्वाचन नलड्ने भएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले सोमबार अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाउँदा गौतमको नाम भने समेटिएको छैन । गौतमलाई बर्दिया १ बाट निर्वाचन लड्न पार्टीले प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका हुन् । राष्ट्रिय सभा सदस्य […]

रास्वपाले टिकट नदिएपछि बागलुङ– १ मा उज्यालोबाट उम्मेदवार बने राजेन्द्र शर्मा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट टिकट नपाएपछि बागलुङ– १ मा राजेन्द्र शर्माले विद्रोह गरेका छन् । उनले उज्यालो नेपाल पार्टीबाट टिकट लिएका हुन् ।बागलुङ– १ मा रास्वपाले सुशील खड्कालाई उम्मेदवार बनाएको छ । खड्कालाई टिकट दिएपछि रास्वपा बागलुङमा असन्तुष्टि देखिएको छ ।

कराचीको गुल प्लाजामा आगलागी : मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, ६० जना अझै बेपत्ता

पाकिस्तानको कराची स्थित गुल प्लाजामा आइतबार राति भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या १० पुग्नुका साथै करिब ६० जना बेपत्ताहरुको खोजी र उद्धार कार्य जारी रहेको जियो न्यूजले जनाएको छ । आगलागी प्रभावित सपिङ मलमा अग्नि तथा उद्धारकर्मीहरूले खोज तथा उद्धारका लागि झ्याल तथा पर्खाल तोड्न सुरु गरेको जनाइएको छ । घटनास्थलमा २२ वटा फायर ब्रिगेडको […]