कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ सात दशमलव ९० प्रतिशत बजेट खर्च गरेको हो । सरकारले चालुचर्फ २३ दशमलव ८३ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ । सरकारले विकासतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार विनियोजन गरेकामा हालसम्म रु एक अर्ब ५७ करोड ९० […]
डंगोलले सम्हालिन काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जि
काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन साहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ ।
गृहसचिव प्रहरी हेडक्वार्टरमा, निर्वाचन सफल बनाउन निर्देशन
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले प्रहरी हेडक्वार्टरको निरीक्षण गरेका छन् । आइतबार प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै श्रेष्ठले साधन स्रोतको सीमितता र चुनौतीहरूको बाबजुद अपराध नियन्त्रणमा प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको बताए । सचिव श्रेष्ठले भने, ‘नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिककेन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्छ ।’ […]
बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार
काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेताको कार्यभार सम्हालेका छन् । आइतबार बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले वरिष्ठ नेताको पदभार ग्रहण गरेका हुन् । यसअघि उनले आइतबारै काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिएर उनी बनस्थली पुगेर घण्टी बजाएका थिए । उनीसँगै जेनजी अगुवा सुदन […]
बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार
– काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेताको कार्यभार सम्हालेका छन् । आइतबार बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले वरिष्ठ नेताको पदभार ग्रहण गरेका हुन् । यसअघि उनले आइतबारै काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिएर उनी बनस्थली पुगेर घण्टी बजाएका थिए । उनीसँगै जेनजी अगुवा सुदन […]
आजपा र पहिला देश अभियानबिच पार्टी एकीकरण
आम जनता पार्टी (आजपा) र पहिला देश अभियानबीच पार्टी एकीकरण भएको छ । काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आइतबार पाँचबुँदे सहमतिसहित आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरणको घोषणा गरिएको हो । सहमतिपत्रमा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मोबाइल […]
तैनाथीका लागि मिनियापोलिसमा १५०० सेना तयार
मिनेसोटा राज्यको राजधानी मिनियापोलिसमा बढ्दो विरोध प्रदर्शनका कारण अमेरिकी रक्षा मन्त्रालयले १ हजार ५०० सक्रिय सेनालाई सम्भावित तैनाथका लागि तयारी अवस्थामा राखेको छ । प्रहरी र संघीय अधिकारीहरूलाई सम्भावित तनाव नियन्त्रणका लागि सक्रिय राख्ने निर्णय अझैसम्म अन्तिम रूपले लागु गरिएको छैन । यो महिनाको सुरुमा अध्यागमन तथा भन्सार विभागका एक एजेन्टले सहरमा ३७ वर्षीया महिलाको […]
काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका […]
कांग्रेसका नेता शिव हुमागाईँद्वारा निर्वाचन नलड्ने घोषणा
नेपाली कांग्रेसका नेता शिव हुमागाईँले २१ फागुनको चुनाव नलड्ने घोषणा गरेका छन् । अनुपम फुडल्याण्डमा आइतबार भएको शेखर कोइराला पक्षको भेलामा उनले सो घोषणा गरेका हुन् । ‘मेरो नाम सिफारिस भएको छ म चुनाव लड्ने छैन ।यो हलमा म घोषणा गर्छु । प्रजातन्त्रको लागि बाहिर बसेर लड्नेछु,’ उनले भने ।
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
जेनजी अभिन्यता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार उक्त जानकारी सार्वजनिक गरेका हुन् । पद, शक्ति वा व्यक्तिगत स्वार्थका कारण आफू रास्वपा प्रवेश गर्न नलागेको उनको भनाइ छ । जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट यो निर्णय आएको उनले उल्लेख गरेका छन् । उनले […]