चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छ : एमाले

   नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रबार निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराई यस्तो आशंका व्यक्त गरेका हुन् । उनले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ प्रश्न समेत गरे । […]

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।

६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता

 चालु आर्थिक वर्षको पछिल्लो महीनाहरुमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्षको ६ महिनामा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो […]

रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले कार्यालय स्थापना गरिएको जानकारी दिए । बस्नेतले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको […]

देउवा पक्षको दाबी- ‘गगन पक्षले काँग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र’

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याएका छन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको काँग्रेस आधिकारिकता लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताएका […]

घोराही–तुलसीपुर चारलेन सडकको अनुगमन गर्न पुगे शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिएका छन् । यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रूपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिएका हुन् । डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार रहेको बताएको र निर्धारित […]

जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाललाई शीर्ष उपाधि

जर्जियाको तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन् । ‘डीसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको प्रतियोगितामा विश्वभरका ४० बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष ताज पहिरिएकी हुन् । समृद्धि काठमाडौँको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा […]

कांग्रेस विवादमा निर्वाचन आयोगले कसरी निर्णय गर्छ ?

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गराउन आयोगमा निवेदन पुगेसँगै पार्टीको आधिकारिकतासम्बन्धी विवाद चर्किएको छ। बुधबार राति सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको दाबी गरिएको छ। तर, यसबीच संस्थापन पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्री पदबाट तथा फरमुल्लाह मन्सुरलाई सहमहामन्त्री पदबाट पाँच वर्षका लागि निष्कासन […]

इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजराइलको अनुरोध

। इजराइल र अरब राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न अनुरोध गरेका छन्। इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमा हमला गर्ने निर्णय नगर्न अनुरोध गरेको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको हो। त्यस्तो कदमले मध्यपूर्वमा क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री नेतन्याहुले सैन्य हमलाको योजना […]

कास्की–२ बाट युवा नेता मिलन जंग कुवर सिफारिस

कास्की–२ बाट युवा नेता मिलन जंग कुवर सिफारिस कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट युवा उम्मेदवार मिलन जंग कुँवर प्रतिनिधि सभाका लागि सिफारिस भएका छन्। युवामाझ लोकप्रिय र जनसेवामा सक्रिय कुँवरले यसअघि युवा संघ नेपाल, कास्कीको अध्यक्ष भएर संगठन निर्माण र युवालाई एकताबद्ध गर्ने भूमिकामा उल्लेखनीय काम गरेका छन्। […]