आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै
काठमाडौँ । नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । ‘एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने कार्य सैनिक कल्याणकारी कोषले गर्दै आइरहेको छ । हरेक प्रधान सेनापतिको कार्यकालमा एक पटक […]
वृद्धभत्ता उमेर बढाउने कुनै निर्णय छैन : अर्थ मन्त्रालय
काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेरबारे फैलिएको चर्चा सत्य नभएको स्पष्ट पारेको छ। यस विषयमा कुनै छलफलसमेत नभएको अर्थ मन्त्रालयले जनाएको हो । केही समयअघि ‘सुशासन मार्गचित्र समिति’ले न्यूनतम उमेर ७५ वर्ष राख्न सिफारिस गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छलफल बढेको थियो। तर मन्त्रालयले सो सिफारिसमाथि कुनै आधिकारिक निर्णय नभएको बताएको छ। हाल एकल महिला र […]
रातभरी प्रहरीले चलायो सर्च अप्रेशन, गुन्डादेखि बिचौलियासम्म १९५ जना समातिए
काठमाडौं– काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले चलाएको सर्च अप्रेशनमा १९५ जनाभन्दा बढी गुन्डा, बिचौलिया र दुख दिने व्यक्तिलाई समातिएका छन्। गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, […]
बिचौलिया दीपक भट्टसित कनेक्सन देखिएपछि समातिएका रहेछन् शंकर समूहका मालिक
काठमाडाैं – शंकर ग्रुपका संस्थापक तथा अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ। बिचौलिया दीपक भट्टसँगको मिलेमतोमा नीतिगत अनियमिततामा संलग्न भएको आशंकामा विभागले छानबिन थालेपछि अग्रवाल पक्राउ परेका हुन्। शुक्रबार विभागले उनलाई कार्यालयमै बोलाएर सोधपुछ गरेको थियो। बयान प्रक्रिया नसकिएकाले उनलाई थप अनुसन्धानका लागि ललितपुर प्रहरी हिरासतमा पठाइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका […]
मध्यरातमा निर्देशन आयो, बिहानै भत्काइयो फेवाताल किनारका अस्थायी संरचना
पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा डोजर लगाइएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो । सोही क्रममा सर्वाधिक चासोमा रहेको चर्चित पर्यटन व्यवसायीको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएका छन् । बिहान साढे चार बजेदेखि नै प्रहरी […]
श्रमाधान कल सेन्टरलाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन
काठमाडौ – वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था गरी सेवाग्राहीमैत्री बनाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ । बोर्डले आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी ‘श्रमाधान कल सेन्टर’ को व्यवस्थापन गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको हो । बोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतीले बोर्डसँग आबद्ध बिमा संस्था र बोर्डको कल्याणकारी कोषसँग आबद्ध […]
कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण
म्याग्द- चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत लाजुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको लार्जुङखोला र कैह्कुखोलामा २०/२० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर जेमकुमार बैठाले दुई वटै पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेको बताए। […]
वैदेशिक रोजगार विभागद्वारा टोकन प्रणाली खारेज, एक दिनमै श्रम स्वीकृति दिन सुरु
काठमाडौँ – वैदेशिक रोजगार विभागले टोकन प्रणाली खारेज गरेको छ। विभागकाअनुसार टोकन प्रणाली खारेज गरेर एक दिनमै श्रम स्वीकृति दिने कार्य थालिएको हो। विभागकी महानिर्देशक मिरा आचार्यले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइन्। उनले वर्तमान सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा नेपाली श्रमिकको हकहित संरक्षण गर्नका लागि विभाग अघि […]
संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ पोर्टल सार्वजनिक
काठमाडाैं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ ‘पोर्टल’ सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार नयाँ पोर्टल सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । संविधानको रक्षा र न्यायको पारदर्शीताका लागि प्रविधिको प्रयोगलाई जोड दिँदै सर्वोच्चले संवैधानिक इजलासका लागि छुट्टै पोर्टल सञ्चालनमा ल्याएको उहाँले बतउनुभयो । पोर्टलको उद्घाटन […]
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता बोन्डी बर्खास्त
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई अमेरिकाको शीर्ष कानून प्रवर्तन अधिकारीको पदबाट हटाउनुभएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत बोन्डीको प्रशंसा गर्दै उहाँले निजी क्षेत्रमा नयाँ भूमिका सम्हाल्ने बताउनुभएको हाे । न्याय विभागको नेतृत्व गर्दा बोन्डीको कार्यकाल मुख्यतः जेफ्री एपस्टिन सम्बन्धी फाइनल सार्वजनिक गर्ने विषयमा विवादित रहेको थियो । गत मार्चमा क्रिस्टी […]