गगन थापाकाे गुनासाे: ‘पार्टीमा संख्याको आधारमा दम्भ देखाएर म र महामन्त्री शर्माविरूद्ध घेराबन्दी गरियाे’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको गुनासाे गर्नुभएकाे छ। पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले महामन्त्रीहरुकाविरुद्ध पार्टीमा घेराबन्दी भएको गुनासाे गर्नुभएकाे हाे। उहाँले कांग्रेसले पछिल्लो समय प्रक्रिया र विधान निल्दै गएको आरोप लगाउनुभयो । उहाँले संख्याको दम्भले नेताहरुले आफूहरुमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम […]

टर्कीमा २ सय २३ जना संदिग्ध प्रहरीकाे नियन्त्रणमा

टर्कीमा असफल सैन्य विद्रोह (कू) सँग संलग्न भएको आरोपमा देशैभरी सञ्चालित अभियानका क्रममा २ सय २३ जना संदिग्धहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टर्कीका आन्तरिक मामिलामन्त्री अली येर्लिकायाले मंगलबार पछिल्लो २० दिनमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभएकाे हाे। उहाँले उक्त कारबाही गुलेन मुभमेन्टको गोप्य संरचनाहरूमा संलग्न रहेका व्यक्तिहरूलाई लक्षित गरी गरिएको बताउनुभयो । जसमा गुप्त सञ्चार […]

एमालेले राष्ट्रियसभा निर्वाचनका लागि नेतृ झाँक्रीसहित ६ जना उम्मेदवार टुंग्यायो

नेकपा एमालेले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुंगाे लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ जना उम्मेदवारको टुंगाे लगाएको एक नेताले बताएका हुन् । एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । ती नेताका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार […]

थारू समुदायले कपिलवस्तुमा माघी (खिचडी) महोत्सवकाे आयाेजना गर्दै

कपिलवस्तुमा थारु समुदायले आफ्नो नयाँ वर्ष मनाउन माघी (खिचडी) महोत्सव आयोजना गर्न लागेको छ। थारु समुदायले कपिलवस्तुका ३ स्थानमा महोत्सवकाे आयोजना गर्न लागेको जनाएकाे हाे। थारु जातिको भाषा, कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले जिल्लाका ३ पालिकामा नगरस्तरीय महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभा कपिलवस्तुले बताएकाे छ। ‘हम्मन संस्कृति, हम्मनके सान, भूमिपुत्र थारु […]

एमालेले राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट नेतृ झाँक्रीलाई मनोनयन गर्ने

नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ । बुधबार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उहाँलाई पठाउने निश्चित भएको एमालेका एक नेताले बताएका हुन् । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट महिला क्लष्टरमा उहाँलाई अघि सारिएको हो । नेतृ झाँक्रीले गुल्मीको क्षेत्र- २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै आउनुभएकाे थियाे […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशैभरी उम्मेदवारको मनोनयन दर्ता हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशैभरी उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्यकाे निर्वाचन गर्ने भएकाे हाे। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। आयोगले यसअघि यहि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। त्यस्तै, मंगलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए […]

देश तीन महिनामा कायापलट हुँदैनः सञ्चारमन्त्री खरेल

अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खरेलले नेपालको राजनीतिक प्रणालीमा कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले पूर्ण रुपमा पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताउनुभयो । […]

गैरीगाउँको आगलागी नियन्त्रणमा कठिनाइ : चार दमकल पुगे, ललितपुरबाट पनि मगाइयाे

काठमाडौँको गैरीगाउँमा भीषण आगलागी भएपछि अहिले काठमाडौँ महानगरपालिकाका ४ दमकल पुगेका छन् । मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको होनगर प्रहरीका अनुसार अहिले ४ वटा दमकल पठाइएको छ भने ललितपुरको दमकल पनि मगाइएको छ ।  महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने,‘हाम्रो ४ दमकल पुगिसक्यो, ललितपुरबाट […]

सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने सरकारको तयारी

सरकारले चलचित्रसम्बन्धि सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो बोर्डमा रहेको जाँच समितिको सट्टामा प्रमाणिकरण समिति राख्न उपयुक्त हुने धारणा राखेका हुन् । मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा […]

कांग्रेस नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्‍याएकाले गर्दा चर्काचर्की भएको हाे । साेही क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो । यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले […]