प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा तीन घण्टा वार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । तीन घण्टा लामो यो वार्ता बिहान ११ बजेदेखि सुरु भएको थियो । बालुवाटार स्रोतका अनुसार मुख्य रूपमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित छलफल भएको थियो । वार्ताको क्रममा अध्यक्ष ओलीले एमाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्ने […]

अमेरिकी हमलामा भेनेजुएलामा सय जनाको मृत्यु

अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको आक्रमणमा एक सय जनाको मृत्यु भएको खुलेको छ । अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्क्री डियोसदादो क्याबेलोले अमेरिकी आत्रमणबाट सय जनाको मृत्यु भएको बताएका हुन् । शुरुमा ४० जनाको ज्यान गएको भनिएकोमा गृहमन्त्री क्याबेलोले सय जनाको मृत्यु भएको विवरण दिएका हुन् । मारिनेहरु अधिकांश राष्ट्रपति मदुरोको सुरक्षामा खटिएका सैनिक र […]

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका-८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्। प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको […]

शङ्कास्पद अवस्थामा महिलाको शव फेला

नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एकजना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । मध्यविन्दु –११ बाहुन्नेकुनास्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमुनि कुसुन्डे सिँचाइको नहरमा बुधवार महिलाको शव फेला परेको हो । शरीरमा चोटपटक देखिएको अवस्थामा मध्यविन्दु –१० निवासी ३५ वर्षीया रिता मुसहरको शव फेला परेको हो । शवको शरीरमा चोटपटक देखिएको हुनाले हत्या भएको आशङ्का जिल्ला […]

चार महिने छोराको हत्या आरोपमा असई पुष्कर कार्की पुर्पक्षका लागि कारागार चलान

चार महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका असई पुष्कर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कार्कीलाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको हो । प्रहरीका अनुसार सिनामंगलस्थित आफ्नै डेरा कोठामा चार महिने छोराको घाँटी थिची तथा धारिलो हतियार प्रहार गरी हत्या गरेर […]

हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ । बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको बताउनुभयो । उहाँले सभापति बन्ने चाहना राख्ने डा. […]

उदयपुर– २ मा एमालेबाट डा.भेषराज थापासहित पाँचजना सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर २ मा एमालेबाट पाँचजनाको नाम सिफारिस गरिएको छ। एमाले उदयपुर कमिटीको गाईघाटमा बसेको बैठकले पूर्वाधारविज्ञ डा.भेषराज थापासहित नेता ज्ञानेन्द्र श्रेष्ठ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका महासचिव देवराज राई, एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य अमर रायमाझी र कोशी प्रदेशका पूर्वउपसचिव शैलेश लामालाई सिफारिस गरेको हो।

खोला मापदण्ड विरोधः पीडितहरूको आन्दोलन जारी

उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरूको विरोध निरन्तर जारी छ । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बुधवार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । सरकारले २०६५ सालमा वागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर, नक्खुमा १२ मिटर तथा […]

गगन थापा लगायत विशेष महाधिवेशन पक्षधरले गरे बुद्धिजीवीसँग छलफल

 नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी छन् । काठमाडौंको नक्सालस्थित एक होटलमा अहिले छलफल चलिरहेको छ । यसैबीच विशेष महाधिवेशन पक्षधरले महाधिवेशन आह्वान गरेका छन् । विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा […]

समस्याग्रस्त सहकारी समिति सदस्य काफ्लेको राजीनामा

भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् । सहकारी ठगलाई नै समितिको कार्यालयले जोगाउने भूमिका खेलेको भन्दै सहकारी पीडित आन्दोलित भएपछि सरकारले सबै पदाधिकारीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेको स्पष्टीकरणमा जवाफ दिएका काफ्लेले करिब एक महिनापछि राजीनामा दिएका हुन् । उनको राजीनामा सरकारले […]