सुमन ढुंगानालाई ‘टान गण्डकी पर्यटन पत्रकारिता सम्मान’

पर्यटन क्षेत्रको विकासमा पत्रकारिता मार्फत उल्लेखनीय योगदान पुर्याए बापत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पत्रकार सुमन ढुंगानालाई सम्मान गरेको छ । टान गण्डकीको ३२ औं साधारण सभाको अवसर पारेर टान गण्डकीले ढुंगानालाई सम्मान गरेको हो । न्यूज २४ टेलिभिजनका गण्डकी ब्युरो प्रमुख समेत रहेका ढुंगाना सहित पत्रकार बिमल तिवारी र सागर ढकाललाई पनि […]
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने जनाएको छ । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल […]
विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिले रूपान्तरित काँग्रेस खोजेको बताए
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिले रूपान्तरित काँग्रेस खोजेको बताएका छन् । “पार्टीभित्रको कमजोरीको हिस्सा हामी ड्राइभिङ सिटको नजिक बसेका हामीले पनि लिन्छौँ,” उनले भने, “बनेको परिस्थिति सामना गर्न मनस्थिति पुरानो राखेर हुँदैन । बदल्नुपर्छ ।” पुरानो बानी राखेर नयाँ देश बनाउन नसकिने बताएका छन् ।
गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताए
महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ जिउँदाहरुको पार्टी रहेको बताएका छन् । राजधानीको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो पार्टीमा प्रश्न गर्न पाइने जिकिर गरेका छन् । प्रश्न गर्नेले नै उत्तर दिनसक्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘यो कुनै बाको संगठन होइन यहाँ प्रश्नहरु छन्, […]
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा फोटो प्रदर्शनी
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पाल्पामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । यो प्रदर्शनीले नेपाल एकीकरणको ऐतिहासिक यात्रा, पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकताको सन्देशलाई जीवन्त बनाउने उद्देश्य राखेको छ । प्रदर्शनीमा पृथ्वीनारायण शाहको तस्बिर, एकीकरण अभियानका महत्वपूर्ण क्षणहरू र समकालीन नेपालको विविधतासम्बन्धी फोटोहरू राखिएका छन् । स्थानीय स्तरमा […]
गायक प्रशान्त तामाङको निधनमा पश्चिम बङ्गालकी मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

‘इन्डियन आइडल’ विजेता तथा चर्चित गायक प्रशान्त तामाङको आकस्मिक निधनप्रति पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले गहिरो शोक व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै उनले राष्ट्रिय ख्याति प्राप्त कलाकार तामाङको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्। मुख्यमन्त्री बेनर्जीले दार्जिलिङको पहाडसँग प्रशान्तको पुर्ख्यौली सम्बन्ध र कुनै समय कोलकाता प्रहरीसँगको आबद्धताका कारण उनी […]
निर्वाचन ५३ दिन बाँकी: सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ […]
राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्णः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले ससाना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएकोे शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले ससाना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, ‘पृथ्वीनारायण […]
महामन्त्रीद्वय थापा र शर्माको अभियानमा कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौंमा हुँदै
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अभियान नै बनेको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंका शुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुने भएको हो । भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण भएको विशेष महाधिवेशन पक्षले जनाएको छ। महाधिवेशनस्थलमा ६ हजार भन्दा बढी कुर्सीको व्यवस्थापन भएको […]
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभएको छ । रुकुम पश्चिममा भएको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभयो । पश्चिम रुकुमका जनताको विकासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका […]