ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति विश्व समुदायको आक्रोश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आह्वानको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ। भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्याण्डकाे बारेमा चिन्ता उत्पन्न भएपछि अन्तर्राष्ट्रिय समुदायको भनाइ आएका हुन्। एयर फोर्स वानमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले ग्रिनल्याण्ड चाहिएको बताउनुभयाे। ग्रीनल्याण्ड टापुमा दुर्लभ खनिजहरू भएकाे र ध्रुवीय हिउँ […]
वीरगञ्जको अवस्था सामान्य बन्दै

लगातार दुई दिनसम्म तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ। धनुषामा मस्जिदमा तोड्फोड गरिएको घटनालाई लिएर दुई समुदायले प्रदर्शन गरेपछि पर्साको वीरगञ्ज आइतबारदेखि नै अशान्त बनेको थियो। सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लगाइए पनि अवस्था पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको भन्दै मंगलबार बिहान ८ बजेसम्म कर्फ्यू जारी गरिएको थियो। अहिले सबैतिरको अवस्था शान्त रहेको पर्साका […]
गण्डकीसहित ४ प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा वर्षा-हिमपातको हुने

हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएकाे हाे। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे […]
एकैदिन कागजपत्र नभएका १६ वटा सवारी-साधन प्रहरीकाे नियन्त्रणमा

रौतहटमा विभिन्न स्थानमा गरेको सवारी साधन चेकजाँचका क्रममा एकैदिनमा शंकास्पद अवस्थाका १६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतबाट खटिएको चेकिङ टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्दा कागजपत्र नभएको ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि प्रहरी […]
एमाले सचिवालय बैठक मंगलबार विहान बस्ने

नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार मङ्गलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार भोलि बस्ने सचिवालय बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी लगायत समग्र समसामयिक विषयमा छलफल हुनेछ। उहाँले भन्नुभयो, “सचिवालय […]
राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिको प्रयोगशाला बन्यो : रावल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिहरूको प्रयोगशाला बनेको दाबी गर्दै अब त्यस्ता प्रयोगहरू रोक्न वामपन्थी एकता भएको बताएका छन्। नेकपा उदयपुरगढी गाउँपालिकाद्वारा आज आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै डा. रावलले ००७ सालदेखि विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी समूहले मिलेमतोमै नेपालमाथि एकपछि अर्को प्रयोग […]
सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन्। पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, […]
वीरगञ्जमा भोली बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा बढ्दो तनाव नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी कर्फ्यु आदेश सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म लागू रहनेछ । कर्फ्यु लागू हुने क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र […]
रास्वपा र थरुहटर थारुवान पक्षबीच बृहत् राजनीतिक समायोजन सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व तथा थरुहटरथारुवान अभियन्ताबीच बुँदे बृहत् राजनीतिक समायोजन’ सहमति भएको छ। सहमतिमा जेन–जी आन्दोलनको अपनत्व, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने प्रतिबद्धता र संरचनागत सुधार गर्ने उल्लेख छ। समायोजनपछि दलको नाम, झण्डा र चुनाव चिह्न घण्टी’ यथावत् रहनेछ। थारु बहुल क्षेत्रलाई संरक्षित विशेष क्षेत्र घोषणा गर्ने […]
वीरगन्जका प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको प्रमुख बजार तथा संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। धनुषामा भएको मस्जिद तोडफोडको घटनाविरुद्ध भएको प्रदर्शन उग्र बनेपछि सोमबार दिउँसो १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञाअनुसार बसपार्कको पूर्वी क्षेत्र, सिर्सिया पुलको पश्चिम क्षेत्र, पावरहाउस चोकको उत्तर तथा शंकराचार्य गेटको दक्षिण क्षेत्रभित्र कुनै पनि किसिमको भेला, […]