बाँकेको दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै फरार

बाँकेको दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै अझै पनि पक्राउ पर्न सकेका छैनन् । जेनजी आन्दोलनको बेला गत भदौ २४ गते बाँकेको नौबस्ता बाल सुधारगृह र डुडुवास्थित जयन्दु बालसुधार गृहबाट भागेका मध्ये ९६ जना बालबन्दी अझै पनि परार रहेका छन् । ती दुबै बालसुधार गृहबाट भागेका १९३ जना बालबन्दी मध्ये हालसम्म ९७ जना […]

पोखराका मुख्य बजार क्षेत्रमा राजनीतिक सभा–जुलुसमा रोक, प्रशासन र दलबीच सहमति

कास्कीको पोखरा महानगरका मुख्य व्यापारिक क्षेत्रमा सडक अवरुद्ध हुने गरी राजनीतिक दलहरुका भेला, जुलुसहरु नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार आयोजना गरेको राजनीतिक दलहरूसँगको समन्वय बैठकले यस्तो निर्णय गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को शान्ति, सुरक्षा लगायतका विषयमा छलफल गर्न भएको बैठकले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित बनाउन यस्तो […]

समानुपातिक सूची बुझाएका दलको चुनाव चिह्न मात्रै मतपत्रमा राखिने

निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्द सूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ । विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।   उनका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ९३ वटा चुनाव […]

कुलमानको पार्टी प्रवेशबारे औपचारिक जानकारी छैन, भएपछि सरकारले निर्णय लिन्छ- सरकार प्रवक्ता खरेल

ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने भएपछि उनी चुनावी सरकारमा बस्न मिल्ने कि नमिल्ने विवाद उठिरहेका बेला सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारे सरकारलाई औपचारिक जानकारी नै नभएको बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका खरेलले ऊर्जामन्त्री घिसिङ रास्वपाको उपसभापति भएको विषयमा सरकारलाई औपचारिक जानकारी आएपछि त्यसबारे निर्णय लिइने बताए। उनले शुक्रबार भरतपुर […]

बहुविवाहको अभियोगमा पक्राउ परेका डिएसपीलाई जेल पठाउने आदेश

बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत, रुपन्देहीले उनलाई थुनामा पठाउने आदेश दिएको हो। आफुविरुद्ध बहुविवाहको जाहेरी परेपछि उनी चार साताअघि आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीकै असई गीता पुरीसँग बहुविवाह गरेको अभियोग उनीमाथि लागेको थियो। असई पुरीलाई पनि थुनामा राखी प्रहरीले मुद्दा […]

कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाखमा गर्ने प्रस्ताव पारित

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८,२९,३० र २१ गते काठमाडौंमा हुने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो । नयाँ कार्यतालिका कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रिय कार्यसमितिको […]

जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाललाई बयानका लागि पठायो पत्र

 गत भदौ २३ र २४ गते भएका घटना छानवीनका लागि गठीत जाँचबुझ आयोगले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई बयानका लागि बोलाएको छ । दुवै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्नहरु पनि पठाइएको आयोग स्रोतले बताएकाे हाे। संयोजक दाहाल भदौ २४ गतेको प्रदर्शन हुँदा सिंहदरबारभित्रै रहेकोमा सेनाले उहाँलाई पनि उद्धार […]

पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएकाे सर्वोच्च अदालतको अवलोकन गर्नुभएकाे छ। पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार जेनजी आन्दाेलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गर्नुभएकाे हाे । यसअघि संघीय संसद भवन र सिंहदरबारभित्र रहेका क्षतिग्रस्त मन्त्रालयकाे समेत अनुगमन गर्नुभएकाे थियाे। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सर्वोच्च लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको […]

जापानी संसदमा शौचालय थप्‍न प्रधानमन्त्री ताकाइचीसहितका महिला सांसदको निवेदन

जापानको संसद भवनमा महिलाहरूको संख्या बढ्दै गएपछि महिला सांसदहरूले शौचालयको अभावको समस्या उठाएका छन्। प्रधानमन्त्री सानाए ताकाइचीसहित करिब ६० जना महिला सांसदले संसद भवनमा थप महिला शौचालयको व्यवस्था गर्न माग गर्दै निवेदन दिएका छन्। अक्टोबर २०२४ को चुनावमा तल्लो सदनमा कीर्तिमानी ७३ महिला सांसद निर्वाचित भए पनि संसद भवनमा महिला शौचालयको संख्या सीमित रहेको उनीहरूको […]

आफ्नै जिल्लामा उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्री यादवको निर्देशन

उनले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए ।  यादवले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिए । बैठकमा जनताको गुनासो, उपचारका क्रममा देखिएका समस्या तथा सेवाको गुणस्तर सुधारका उपायबारे […]