जापानी संसदमा शौचालय थप्न प्रधानमन्त्री ताकाइचीसहितका महिला सांसदको निवेदन

जापानको संसद भवनमा महिलाहरूको संख्या बढ्दै गएपछि महिला सांसदहरूले शौचालयको अभावको समस्या उठाएका छन्। प्रधानमन्त्री सानाए ताकाइचीसहित करिब ६० जना महिला सांसदले संसद भवनमा थप महिला शौचालयको व्यवस्था गर्न माग गर्दै निवेदन दिएका छन्। अक्टोबर २०२४ को चुनावमा तल्लो सदनमा कीर्तिमानी ७३ महिला सांसद निर्वाचित भए पनि संसद भवनमा महिला शौचालयको संख्या सीमित रहेको उनीहरूको […]
आफ्नै जिल्लामा उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्री यादवको निर्देशन

उनले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए । यादवले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिए । बैठकमा जनताको गुनासो, उपचारका क्रममा देखिएका समस्या तथा सेवाको गुणस्तर सुधारका उपायबारे […]
।नारायणगढ–गैँडाकोट आइकोनिक पुल निर्माणले लियो गति

नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको छ । प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त […]
सफारी चालकमाथि गोली चलाउने एपीएफका हवलदार पक्राउ

सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालकको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरी (एपीएफ) का हवलदारलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले गोली प्रहार गर्ने हवलदार पक्राउ परेको शुक्रबार पुष्टि गरेका छन् । घटनापछि सिर्जित तनाव र अनुसन्धानको प्रक्रियाबारे जानकारी दिँदै सीडीओ घिमिरेले गोली […]
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ। सोही बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुनका लागि आग्रह गरिएको छ। बैठकमा महाधिवेशन विवादको बारेमा छलफल हुने नेताहरूले बताएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश […]
सन् २०२५ मा हवाई मार्गबाट साढे ११ लाख बढी पर्यटक नेपाल आए

सन् २०२५ मा हवाइ मार्ग हुँदै साढे ११ लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन्। पर्यटन बोर्डका अनुसार गत वर्ष ११ लाख ५८ हजार ४५९ पर्यटक हवाइ मार्गबाट नेपाल आएका हुन्। पछिल्लो समय वार्षिक १० लाखभन्दा बढी विदेशी पर्यटक आइरहेका बोर्डको तथ्यांक छ। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए। […]
व्रिटिस सेनामाथिको विजय उत्सव मनाइने

पर्साको ऐतिहासिक पर्सागढीमा नेपाली सेनाले ब्रिटिस सेनामाथि विजय हासिल गरेको सम्झनामा २११औँ विजय उत्सव मनाइने भएको छ । पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर व्यवस्थापन समिति तथा नेपाली सेनाको श्रीजंग गण, वीरगञ्जको आयोजनामा विजय उत्सव मनाउन लागिएको हो । विजय उत्सव पुस १९ गते मनाइनेछ । स्थानीयको सहयोगमा नेपाली सेनाले रातको समयमा राँको बाल्दै ब्रिटिस सेनामाथि विजय […]
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० चन्द्रबहादुर खड्काका अनुसार अपरिचित व्यक्तिले चलाएको गोली लाग्दा साहको ज्यान गएको […]
राष्ट्रिय पोशाक तथा टोली दिवस

आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदैछ । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो । यो दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । दिवसको अवसरमा युवाहरुसँग सम्बन्धित विभिन्न संस्थाले आज विविध कार्यक्रम आयोजना गदैछन् । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले […]
हिलो र नदीमा फसेको बाघको बच्चाको समयमै उद्दार नहुँदा मुत्यु

कञ्चनपुरको जगबुढा नदी क्षेत्रमा हिलो र नदीमा फसेको बाघको बच्चाको समयमै उद्दार नहुँदा मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका १ चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको हो । बुधबार बिहान बगिनी आमासँगै जगबुढा नदी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वन, सहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका […]