निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन-कुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकारका […]
२० प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २० जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै गैर हाजिरी रहेका २० जना प्रहरीहरूलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो। उनीहरूलाई गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी […]
‘एक मान्ठ एक देउता’ कथा प्रथम : प्रधानमन्त्री कार्कीद्वारा दुई लाख रुपैयाँ पुरस्कार हस्तान्तरण

‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ । प्रथम स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौँमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले लेखक शाहीलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिन् । प्रतियोगितामा […]
सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ : सञ्चारमन्त्री खरेल

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले निर्वाचनको वातावरण बनाइसकेको बताएका छन् । उनले सरकार फागुन २१ को निर्वाचन केन्द्रित रहेको बताका हुन् । शुक्रबार पाँचखाल नगरको अवलोकन एवं वस्तुस्थिति बुझ्ने क्रममा मन्त्री खरेलले सरकारले निर्वाचनको वातावरण बनाई सकेको, निर्वाचन आयोगले आफ्नो काम द्रुत गतिमा काम गरेको तथा सुरक्षा निकाय सोही […]
‘सरकारले फागुनमा चुनावको वातावरण बनाउन नसके वैशाखमा गर्न उपयुक्त हुुन्छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनमा चुनाव गर्न सरकारले वातावारण निर्माण गर्न नसके वैशाखमा उपयुक्त हुने धारणा राखेका छन् । पार्टीको कार्यसम्पादन समितिको बैठकमा आज बोल्ने क्रममा महामन्त्री शर्माले सर्वपक्षीय संवाद गरेर बैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिनुपर्ने विचार राखेका हुन् । बैठकमा महामन्त्री शर्माले भने,‘चुनाव हुन कि त सरकारले वातावरण बनाउन सक्नैपर्छ […]
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताए । उनले भने, “सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ, कसैको अफवाह र हल्लामा परेर भ्रममा नपर्न म […]
उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन (तस्बिरसहित)

उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ । त्रिपुरेश्वरमा खोलिएको साेही कार्यालयकाे बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।
नेपाललाई बंगलादेश बन्न दिन हुँदैन: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेश बन्न दिन नहुने बताउनुभएको छ। काठमाडाैंमा बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी समेत गर्नुभयो । उहाँले राजनीतिक दल र जेनजीका समूहहरुले दैनिक रुपमा सरकार छोड् भन्दै गाली-गलौज गर्ने गरेको गुनासाे समेत गर्नुभएकाे […]
वीरगञ्ज नाका हुँदै निर्यात बढ्यो

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो । जबकि गत आवको पाँच महिनामा भने २१ अर्ब १८ […]
द रोलिङ स्टोन्सकी बितिशाले जितिन् स्वर्ण र रजत (तस्वीरसहित)

काठमाडौंको भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलकी छात्रा बितिशा तामाङले भारतको पश्चिम बंगालमा आयोजित तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । कक्षा ५ मा अध्ययनरत १० वर्षिया बितिशाले कोलकातामा आयोजित नवौं इन्डिया टीआईए ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप–२०२५ मा स्वर्ण जित्नुभएको हो । साथै उहाँले त्यस प्रतियोगिताअन्तर्गत पुम्सेमा रजत पदक पनि जित्नुभएको थियो । प्रतियोगिता यही डिसेम्बर […]