‘पहिला सरकार भेट्न सिंहदरबार जानुपर्थ्यो, अहिले सरकार नै पार्टी कार्यालयमा आयो’: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएकाे छ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताउनुभएको हो। उहाँले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताउनुभयो। उहाँले यसले राजनीति र […]
विदेशमा बस्नेले नकरात्मकता मात्रै फैलाउने काम गरेकाे अध्यक्ष ढकालकाे आराेप

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरु भएपनि विदेश बस्नेहरुले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा बुधबार आयाेजिक एक कार्यक्रममा बाेल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपालमा लगानीको ठूलो सम्भावना रहेको भएता पनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताउनुभयो । नेपाल […]
तत्कालीन गृहमन्त्री लेखकलाई आयाेगमा बयान दिन जान कांग्रेस नेताकाे सुझाव

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयान लागि बोलाइएको विषयमा पनि छलफल भएको छ। सानेपामा बुधबार बसेको साेही समितिको बैठकमा गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको आयोगले बयानका लागि बोलाएको विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे हाे। बैठकमा अधिकांश नेताहरूले लेखकलाई बयान दिन जाँदा राम्रो […]
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जना नेताको नाम हटाउने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ। पार्टी मुख्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्ताे निर्णय गरेको हाे।संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ जना नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले बताउनुभयाे। यसकाे बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने पनि उहाँले बताउनुभएका
डीआईजी जयराज सापकोटालाई ‘नसियत’ को कारबाही

नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले कारबाही गरेको छ । कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटालाई ‘नसियत’ दिने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । मंसिर ११ मा हेडक्वार्टरले उनलाई प्रहरी नियमावली–२०७१ विपरीतको आचरण गरेको भन्दै स्पष्टीकरण सोधेको थियो । कोशी प्रदेशमा भएको डीआईजी सरुवा सम्बन्धी निर्णयमा सापकोटाले टिप्पणी […]
अध्यादेशबाट शासन चलाउनु हानिकारक हुन्छ : अर्थमन्त्री खनाल

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक हुने बताएका छन् । विराटनगरमा आजबाट सुरु विराट ट्रेड एक्स्पाे २०२५ काे उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारसँग असिमित म्याण्डेट नभएकाले अध्यादेशको भरमा शासन चलाउने प्रवृत्ति लोकतन्त्रका लागि हितकर नहुने बताएका हुन् । ‘यो सरकारलाई असीमित म्याण्डेट छैन । कानुन संसद्को अनुपस्थितिमा […]
स्थानीय तहले ‘अनरसिप’ लिनेगरी विकासको साझेदारी गर्न सकिन्छ : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश र स्थानीय तहबिचको सम्बन्धलाई ‘आर्थिक र विकासको साझेदार’ का रूपमा अघि बढाउनुपर्ने बताएका छन् । उनले सङ्घीयता कार्यान्वयनमा प्रदेश र स्थानीय तहले प्रशासनिक क्षेत्रमा मात्र नभई आर्थिक तथा विकासका काममा सहकार्यको नयाँ नीति अवलम्बन गर्नुपर्ने बताए । थाहा नगरपालिकाको चित्लाङमा आयोजित चित्लाङ हिल स्टेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री […]
सरकारले शहीद परिवारप्रति बेवास्ता गरेको शहीद परिवारकाे आराेप, आन्दोलन गर्ने चेतावनी

शहीद परिवारका सदस्यहरुले शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलन गर्ने घोषणा गरेका छन् । मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेशमा रहेका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरुको आरोप लगाएका हुन् । उनीहरुले शहीद परिवारको अपमान गर्न खोजिएको भन्दै […]
आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा अध्यक्ष राउतकाे जाेड

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आगामी फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताउनुभएको छ। पार्टी कार्यालयमा बुधबार सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको कदमलाई आफूहरुले सकारात्मक रुपमा लिएको र निर्वाचनमा भाग लिने कुरा शुरुवातदेखि नै गर्दै आएको बताउनुभयो। उहाँले जेनजी […]
ठेक्का लुकाएर भ्रष्टाचार : प्रमुख प्रशासकीय अधिकृतसहित पत्रिकाका प्रकाशकविरुद्ध मुद्दा दायर

पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मतको ठेक्का प्रक्रियामा व्यापक अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा बैरिया प्रवेशद्वारदेखि नगरदाहाँसम्मको सडक कालोपत्रे गर्ने ठेक्कामा कमिसनको चलखेल गरी सार्वजनिक सूचना नै लुकाएको पुष्टि भएपछि अख्तियारले कानुनी कारबाही अघि बढाएको हो। अख्तियारको […]